शारिरिक पिडा भन्दा ठुलो रहेछ सामाजिक अपहेलना
“ठुलो जोखिम मोलेर काम गर्दा ‘स्यावास’ भन्ने शब्द त कहिले कोहीबाट सुन्न पाइएन तर सङक्रमित हुने वित्तीकै सामाजिक अपहेलना भने खुवै भोगे । कोरोना संक्रिमत भए पनि कुनै लक्षण नदेखिएको हुदा होम आइसोलेशनमा बसे । तर आफ्नै छरछिमेकी, आफन्त, चिनेजानेकै मान्छेहरु घरमा बस्नदिनुहुदैन भन्दै स्थानिय वडा कार्यालयसम्म पुगेको सुने । निकै दुःख लाग्यो । पीडा बोध भयो ।”

साहित्य/संस्मरण
शारिरिक पिडा भन्दा ठुलो रहेछ सामाजिक अपहेलना जसले व्यक्तीलाई ठुलो मानसिक तनाव दिदो रहेछ । जो मैले भोगे ।
कोरोना त्रासका बीचमा पनि हामी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, जनप्रतिनीधि एवम् बैक कर्मचारीहरु मुखमा डवल माक्स, गनाउने सेनिटाइजर, हातमा गोलोप्सको भरमा काम गर्दैछौ । यहाँका नागरिकहरुकै माग अनुसार अस्पताल, सुरक्षा, संचार र वित्तिय क्षेत्रहरु खुला भए । जनताले बन्द गर्नुहुदैन भन्ने माग कै आधारमा यी क्षेत्र खुलेका हुन् ।
हामीहरु ‘हाइ रिक्स’मा हुदा हुदै पनि काम गरिरहेका छौ । जसको कारण कोरोनाबाट संक्रमित हुने पहिलो नम्वरमा परेका छौ । आफ्नो काम कर्तव्य र समाजप्रति आफ्नो जिम्मेवारी निभाउदै गर्दा म पनि कोरोना संक्रमित हुन पुगे ।
ठुलो जोखिम मोलेर काम गर्दा ‘स्यावास’ भन्ने शब्द त कहिले कोहीबाट सुन्न पाइएन तर सङक्रमित हुने वित्तीकै सामाजिक अपहेलना भने खुवै भोगे । कोरोना संक्रिमत भए पनि कुनै लक्षण नदेखिएको हुदा होम आइसोलेशनमा बसे । तर आफ्नै छरछिमेकी, आफन्त, चिनेजानेकै मान्छेहरु घरमा बस्नदिनुहुदैन भन्दै स्थानिय वडा कार्यालयसम्म पुगेको सुने । निकै दुःख लाग्यो । पीडा बोध भयो । अहिलेसम्म मैले गरेको कामले समाजमा मलाई नजिकको ठान्ने आफन्तहरु कमाउन सकेन वा यो समाजले कसैलाई माया गर्दैन केही बुझ्न सकिन ।
“कोरोना व्यवस्थापनको नाममा आइसुलेशन वाला होटेलबाट आउने फोन कलले भने तनाव नै दिए । व्यस्थापन भन्दा पनि दवाव मुलक फोनहरु बढी आयो । मलाई मात्र होइन मेरो परिवारलाई समेत त्यसकिसिमको फोनले सतायो । मानसिक तनाव दियो । त्यहाँबाट आउने फोनले कहिले पनि मेरो हालखवर वा स्वास्थ्य अवस्था सोधेन । “
तर जिल्ला प्रशासन कार्यालय दाङबाट आएको एक कल फोनले केही भए पनि राहत दियो । एक अपरिचित व्यक्तीले कस्तो छ हजुरलाई ? आफ्नो परिवारसंग कसरी अलग हुनुहुन्छ ? कुनै लक्षण छ कि छैन ? होम आइसुलेसनको मापदण्ड अनुसार बस्नु भएको छ कि छैन ? केही हुनासाथ हामीलाई सम्पर्क गर्नुहोला भन्ने जस्ता मेरो स्वास्थ्य अवस्था बारे जिज्ञासा र साहानुभुती पाइयो ।
यसैअवधीमा स्वास्थ्यकर्मीसँग पनि प्रत्यक्ष टेलिफोन सम्पर्कमा कुरा गर्ने मौका मिल्यो । उहाँहरुले पनि स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै प्रश्न गनुभयो । ‘कुनै लक्ष्यण छ छैन ? स्वास फेर्न गारो भएको छ छैन ? कुनै समय अप्ठेरो भएमा सम्पर्क गर्नुहोला । आफ्नो खानपिनमा विशेष ध्यान दिनुहोला परिवारको सदस्यहरुसंग नजिक नहुनु, मानसिक तनाव कुनै पनि नलिनु जस्ता शब्दले डाक्टर डाक्टर होइनन भगवान हुन जस्तो भानभयो ।’
तर कोरोना व्यवस्थापनको नाममा आइसुलेशन वाला होटेलबाट आउने फोन कलले भने तनाव नै दिए । ‘दिनको तीन हजारमा खान बस्न विशेष व्यवस्था छ, हजुरहरुको त बंैकले तिर्दिहाल्छ । किन घर बस्नु भएको छ ? भन्ने फोनहरु धेरै आए ।’ व्यस्थापन भन्दा पनि दवाव मुलक फोनहरु बढी आयो । मलाई मात्र होइन मेरो परिवारलाई समेत त्यसकिसिमको फोनले सतायो । मानसिक तनाव दियो । त्यहाँबाट आउने फोनले कहिले पनि मेरो हालखवर वा स्वास्थ्य अवस्था सोधेन ।
“हो म बारम्बार जिउदै मर्ने गरेको छु बन्द कोठामा । मलाइ एक्लो छोडी समाज परलोक पुगेजस्तो लाग्छ । जिन्दगीका सबै खुसीका रंगहरु पखालिएको भान हुन्छ । अब म समाजमै छु जस्तो लाग्दैन । सबैले भन्ने गर्छन शरिरबाट पसिना आउने गरी व्याम गर्नपर्छ तर शरिरबाट आउने सबै पसिना आखाबाट झरिसके आँखाको व्यायाम गरीसके ।”
म आज कुनै राजनितिक पावर वा आफ्नो जबरजस्ती अटेरी गरेर घर बसेको होइन । नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार लक्षण नभएका र संकास्पदहरुलाई होम आइसुलेसन बस्न पाउने निर्देशनको पालना गर्दै होम आइसुलेशनमा वसेको हुँ । म बस्दाको दिनसम्म प्रदेश नम्वर ५ मा ४८० र देश भर मा ६९०० होम आइसुलेसन बसेका छन् ।
यसैले म के आग्रह गर्न चाहन्छु भने कोरोना व्यवस्थापन समितिका सदस्य ज्युहरु हजुरहरुले म जस्ता कति जना आइसुलेसनको नाममा होटलमा राखेर पैसा असुल्दै हुनुहुन्छ ? म जस्ता लक्ष्यण नभएका कति जना होम आइसुलेसनमा छन ध्यान दिनु होला । हजुरले यसलाई सेवाको रुपमा लिनु आफ्नो कर्तव्यको रुपमा लिनु होला । व्यापारको रुपमा होइन । म जस्तालाई मानसिक रोग लाग्ने गरी घरीघरी नर्तसाउनुहोला ।
“मलाई अहिले समाजको साथ र सहयोग चाहिरहेको बेला समाजले मेरो अनुहार .पनि हेर्न मन गरेको छैन । तर पनि मा के भन्न चाहन्छु भने हे भगवान ती व्यक्तिको परिवारलाई भुलेर पनि कोरोना नलागोस् ।”
हो म बारम्बार जिउदै मर्ने गरेको छु बन्द कोठामा । मलाइ एक्लो छोडी समाज परलोक पुगेजस्तो लाग्छ । जिन्दगीका सबै खुसीका रंगहरु पखालिएको भान हुन्छ । अब म समाजमै छु जस्तो लाग्दैन । सबैले भन्ने गर्छन शरिरबाट पसिना आउने गरी व्याम गर्नपर्छ तर शरिरबाट आउने सबै पसिना आखाबाट झरिसके आँखाको व्यायाम गरीसके । आफैले आफैलाइ फकाउन बेदना लुकाउन समाजलाई भुल्दैछु ।
अब त लाग्छ यो समाजको लागि म जिउदै मर्नै गरेको छु । मलाई अहिले समाजको साथ र सहयोग चाहिरहेको बेला समाजले मेरो अनुहार .पनि हेर्न मन गरेको छैन । तर पनि मा के भन्न चाहन्छु भने हे भगवान ती व्यक्तिको परिवारलाई भुलेर पनि कोरोना नलागोस् ।
सम्मानिय प्रधानमन्त्री ज्यू म आज हजुरकै भनाई अनुसार बेसार पानी, ज्वाने खायरै निको हुदैछु । यस अवधीमा मलाई माया गर्ने, मेरो ख्याल, गर्ने हालखवर बुझ्ने सबैलाई धन्यबाद दिन चाहन्छु ।