Loading... आजः १७ फाल्गुन २०७७, सोमबार

मुटु थिचेर राख (कबिता)

नारायण वलि
रुकुम पुर्व

सपना किन्छु उमेर बेचि,बिरानो देशमा ।
आसुका धारा साईत गरि,छोडेको गाउँका ।।
बस है प्यारी रामरी बस,सम्झेर मलाई ।
जादैछु धितो राखेर मुटु,छोडेर तलाई  ।।
फल्दैन प्यारा रुखमा पैसा,नजाउ छाडेर ।
लाउँला टालि खाउँला आटो,सबैले बाडेर ।।
पौरख गरे पसिना फल्थ्यो,मलिलो माटोमा ।
जानुस प्यारा सपना किन्न,बिरानो ठाउमा ।।
संगाली तिर्खा पसिना फालि,धनै कमाउन ।
जलेर आफै हिर्खानी बन्छु,सुखमा रमाउन ।
खुसि नै खुसी खोजेर हिड्छु,मदन बनेर।
फर्किन्छु प्यारी फर्किन्छु हेर,सपना किनेर ।।
गुधुली साझ गैसक्यो हेर,सम्झना ब‍ोकेर ।
मुनाझै रुदै हेर्दैछु फोटो,फिरिम बोकेर ।।
फर्केर आउ छिट्टै नै घर,गाउघर सम्झेर ।
चाहिन्न हिरा चाहिन्न मोती,के गर्नु पर्खेर ।।
बोकेर आस धनको धेरै,तमासा गर्यौ नि ।
फर्केर आउ रित्तै नै आउ,सित्तैमा जाला नि ।।
जोवान हाम्रो फक्रेको फूल,गंगामा नफाल ।
जिन्दगी धेरै अमुल्य रैछ,कौडिमा नफाल ।।
मुस्कान ल्याई फर्किन्छु हेर,फिरिम बोकेर ।
सजाई फोटो दिलको चाहा,दिलमै रोकेर ।।
जिन्दगी छोटोे रहेछ फोटो, खिचेर राखे है ।
फर्किन्छु घर सम्हाल्दै मुटु ,थिचेर राखे है ।।