Loading... आजः १३ फाल्गुन २०७७, बिहीबार

वालिका बलात्कार गर्ने किशोरलाई जन्मकैद सजाय

तुलसीपुर, ५ भदौ । दाङमा पाँच बषीएया वालिकालाई बलात्कार गरेको कसुरमा एक किशोरलाई जन्मकैद गरिएको छ । दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले बलात्कारको कसुरमा घोराही उपमहानगरपालिका वडा नं. १० निवासी १८ बर्षीय किशोरलाई जन्मकैद गरेको हो ।

ति किशोर नावालक भएकाले जम्मा कैदको दुई तिहाई मिनाह गरिएको छ । अब उनले १६ बर्ष ८ महिना कैद भुक्तान गर्नुपर्ने हुन्छ । उनलाई गत कात्तिकमा बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए । त्यसपस्चात प्रहरीले जबरजस्तीकरणी सम्बन्धी मुद्दा चलाएको थियो ।