इच्छा (कविता)

खै के कुरा गर्नु त्यो जूनको, पिरतिको धुनको
जबकि यहाँ चिन्ता छ दाल भात र तिहुनको,
मायाले मात्रै मान्छे बाच्न सक्दोरहेनछ
भोको पेटमा मान्छे हास्न सक्दो रहेनछ ।
धेरै लेखियो कविता त्यो झरनाको , फुलको
थाहा हुदैछ अहिले त्यो जवानिको भुल थियो,
जीवन कटाउन त खाना नै चाहिदो रहेछ
अनि न्यानो नाना र छाना नि चाहिदो रहेछ ।
म प्रकृतिको पुजारी थिए र रहिरहु
प्रकृतिकै पुजा गर्दै जीवन बिताउन सकु,
धेरै धन कमाउने छैन इच्छा जिवनमा
ठिकै कमाउन सकु, रमाउन सकु प्रकृतिमा
ऐश आराम होईन ,वश सादा जीवन होस्
अलिकति नाम र इमानदार एउटा काम होस् ,
आवश्यकता पूरा गर्दै , भोको पेट भर्दै
प्रकृतिमै रमाउन सकू, शब्दका बिउ छर्दै।।
जय होस् ।। हरि क्षेत्री ,
बुटवल : १२,
हाल नेपालगन्ज ।।