Loading... आजः १७ फाल्गुन २०७७, सोमबार

झरीको याद आयो (मुक्तक)

 

प्रेम बुढाथोकि, दाङ

मुक्तक
यो उकुस मुकुस गर्मीमा झरीको याद आयो
बालापनमा सँगै खेलेकी परीको याद आयो ।
आफ्ना भन्ने को नै छन् र यो पराइ मुलुकमा
गल्ति नगरी भनेको उनले सरीको याद आयो ।।

मुक्तक
तिमी बिना एक्लै मलाई जिउन गाह्रो हुन्छ
फाटेको मन पनि एक्लै सिउन गाह्रो हुन्छ ।
संगै बस्ने आशा गर्दा गर्दै यो जिन्दगी गयो
आँसु घुट्का पनि एक्लै पिउन गाह्रो हुन्छ ।।

मुक्तक
आजको राम्रो मान्छे भोलि मर्नु पर्छ
यहाँ बाँचुन्जेल हामीले केही गर्नु पर्छ ।
कस्ले देखेको छ स्वर्ग नर्क कस्तो हुन्छ
अब पुण्य कामगरी यहि बैतर्णी तर्नु पर्छ ।।

मुक्तक
यो मन पनि आज भोली उदास भएको छ
जताततै एक्लोपनको आभास भएको छ ।
सायद सोचेजस्तो जिन्दगी नभएर होला
हेर्छु मैले सबैको अनुहार निराश भएको छ ।।

मुक्तक
बगैंचा सजाउन तिमीले बोट लगायौँ
न चाहिने तिमीले मलाई खोट लगायौँ ।
अब कसरी भन्नु तिमीसँग मनका कुरा
न छोएर नै तिमीले मलाई चोट लगायौँ ।।