Loading... आजः १७ फाल्गुन २०७७, सोमबार

बर्षा (कविता)

 

तुलसीपुर, २३ — असार ।

हरि क्षेत्रि

लामो हिउदे प्रतीक्षा पछि बर्षा आएको छ
चारैतिर शितलता हरियाली छाएको छ,
म बर्षाको मायाले निथ्रुक्क भिजेको छु
र खडेरी परेका मनहरु सिचेको छु।
बर्षा आउदा किसानहरु रमाएका छन्
सबैले हलो कोदालो समाएका छन् ,
खेतिबाली लगाउदैछन भिज्दै निरन्तर
हाम्रा धेरै किसानलाई बर्षा कै छ भर।
बर्षा सङै बाढी पहिरो नआएनी हुन्थ्यो
विनाशका घटनाले हाम्रो मन न रुन्थ्यो,
यसपाली त बर्षा तिमी शान्त भै आइदेउ
र हाम्रो धनजनको क्षति नपुर्याइदेउ।
बर्षा बिना चल्दैन( रोकिन्छ जीवन
चनाखो बनौं हामी जोगाउन धनजन
बर्षालाई स्वागत गरौं सबै सजग भइ
बस्नु पर्ला अन्यथा दुखी हुँदै रोइ।
बर्षायाम बालिनाली लाउने समय हो
बर्षायाम असारे गित गाउने समय हो,
बर्षाको हावामा प्रकृतिको सुगन्ध हुन्छ
तर यस्को विनाश सम्झदा हाम्रो मन रुन्छ।
ब्रम्हा,बिष्णु ,महेश्वर प्रकृति नै हो भनी
बिताउनु पर्छ हामीले तदनुरुपको जिवनी
स्विकार्नु पर्छ हामीले सुख दुख जिन्दगीमा
चलेको छ सृष्टि यो बर्षाको पानी मा।।