जनयुद्ध दिवसमा प्रचण्डसँगको तस्वीर ‘शेयर’ गर्दै बाबुरामले के भने ?

  
दैनिक अभियान बुधबार, फाल्गुन १, २०७५

काठमाडौँ, १ फागुन । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले जनयुद्ध दिवसको अवसरमा शुभकामना दिएका छन् ।

उनले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको युद्धताको फोटो शेयर गर्दै सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना दिएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेको भट्टराईले दुई वर्षअघि तत्कालीन माओवादी केन्द्र छाडेर नयाँ शक्ति पार्टी गठन गरेका थिए ।

‘नेपाली समाजको लोकतान्त्रिकीकरणको प्रक्रियामा अग्रणी भूमिका निर्वाह गर्ने जनयुद्ध दिवस (फागुन १) को उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना’, बाबुरामले ट्वीट गरेका छन्, ‘संविधानसभाबाट संघीय गणतन्त्रको संविधान प्राप्त गर्न दशवर्षे जनयुद्ध र त्यसको जगमा भएको २०६२र०६३ को जनआन्दोलनको प्रमुख भूमिका थियो भन्ने नभुलौं ।’

नेपाली समाजको लोकतान्त्रीकरणको प्रक्रियामा अग्रणी भूमिका निर्वाह गर्ने जनयुद्ध दिवस ( फागुन १ गते ) को उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना! संविधानसभाबाट संघीय गणतन्त्रको संविधान प्राप्त गर्न दश बर्षे जनयुद्ध र त्यसको जगमा भएको २०६२/६३को जनआन्दोलनको प्रमुख भूमिका थियो भन्ने नभुलौं! pic.twitter.com/4VNyxrsCp9

— Baburam Bhattarai (@brb1954) February 13, 2019