सामान्य विवादमा कुटपिट हुँदा एक ब्यक्ति घाईते

  
दैनिक अभियान मङ्लबार, असार १६, २०७७

तुलसीपुर, १६ असार । दाङमा सामान्य विवादमा कुटपिट हुँदा  एक ब्यक्ति घाईते भएका छन् । प्रदेश नं. ५ प्रहरी कार्यालय दाङका अनुसार सोमबार राति पौने १० बजेतिर घोराही उपहानगरपालिका वडा नं. १६ सर्रा निवासी ४५ बर्षीय ओमप्रकाश विकलाई सोही ठाँउका ५२ बर्षीय मिनबहादुर विकले कुटपिट गरेका हुन् ।

सामान्य विवादमा चिर्पट दाउराले टाउकोमा हानी घाइते भएका विकलाई उपचारकालागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । कुटपिट गर्ने ब्यक्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस बिषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।