दर्जनौ बुद्विजिवीहरुले एकसाथ भने–“राष्ट्रहित विपरित एमसीसी खारेज गर !”

  
दैनिक अभियान मङ्लबार, असार १६, २०७७

काठमाण्डौं, १६ असार । राष्ट्रिय हित विपरित अमेरिकी परियोजना एमसीसी नेपालमा लागु गर्न नहुने भन्दै राष्ट्रिय व्यक्त्त्विहरुले सामुहिक विज्ञप्ती जारी गरेका छन् ।

उनिहरुले विज्ञप्ती जारी गर्दै भनेका छन् –‘हामी आफ्नो देशको स्वतन्त्रता र सार्वभौमिकतालाई जति माया गर्छौँ, अन्य मित्र राष्ट्रहरूको स्वाधीनता र सार्वभामिकताको त्यत्तिकै सम्म्मान र आदार पनि गर्छौ । असंलग्नता र पञ्चशील हाम्रो परराष्ट्रनीतिको मूल आधार हो ।

हामी हाम्रा दुई छिमेकी मुलुक भारत र चीनसँग मात्र होइन, संसारका जुनसुकै देशसँग पनि अहस्तक्षेप, शान्ति, समानता, मित्रता र पारस्परिक लाभको आधारमा सम्बन्ध स्थापित गर्न चाहन्छौँ । हाम्रो देशमा मुख्यतः दुई फरक दर्शन–दृष्टिकोण भएका राजननीतिक शक्तिहरू छन । एउटाले पश्चिमी यूरोपमा विकसित संसदीय प्रणाली र प्रतिस्पर्धात्मक सामाजिक ढाँचामा विश्वास गर्छ, जसको नेतृत्व नेपाली कांग्रेसले गर्छ ।

अर्काले कार्लमाक्र्सद्वारा प्रतिपादित समाजवाद हुँदै साम्यवादी समाजमा पुग्ने दर्शनमा विश्वास गर्दछ । यसको नेतृत्व नेपालका कम्युनिष्ट तथा वामपन्थी समूहरूले गर्दछन् । यी दुवै थरी राजनीतिक संगठनहरूका मूल नीति, नारा र कार्यक्रममा राष्ट्रियतालाई पहिलो स्थान दिइएको छ । नेपाली कांग्रेसको मूल नारा “राष्ट्रियता, प्रजातन्त्र र समाजवाद” छ । त्यसरी नै नेपाली कम्युनिष्टहरूको मूल नारा “राष्ट्रियता, जनतन्त्र र जनजीविका” छ ।

उनिहरुले जारी गरेको विज्ञप्तीको पूर्ण पाठ यस्तो छ ।

सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सम्बोधन गर्दै सार्वजनिक गरिएको वक्तव्य यस्तो छ :

हाम्रो देश एक स्वाधीन, स्वतन्त्र, सार्वभौम र तटस्थ मुलुक हो । यो अहिलेसम्म कसैको उपनिवेश भएको छैन र कुनै अन्तर्राष्ट्रिय सैनिक गठबन्धनमा पनि समावेश भएको छैन । इतिहासमा यसमाथि उत्तर तथा दक्षिणतिरबाट पनि कैयन आक्रमणहरू भए, तर हाम्रा पुर्खाहरूले वीरतापूर्वक लडेर देशको स्वतन्त्रता र अस्मिताको रक्षा गरिरहे । सबैभन्दा पछि शक्तिशाली बेलायती साम्राज्यवादीसँगको लडाइँमा हजुरबाउदेखि नातिसम्म र महिलादेखि बालबालिका सम्मले ठूलो बलिदान गरेर यस मुलुकलाई पराईको अधीनमा जानबाट बचाए । यसैले हामी कहिल्यै कसैको अधिनमा गएनौँ ।

अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपा सत्तामा छ र नेपाली कांग्रेस प्रतिपक्षमा । अरू केही वाम वा कम्युनिस्ट घटक बाहिर छन् र एमसीसी सम्झौताको विरोध गरिरहेका छन् ।

तर आज दुःखद् आश्चर्यको कुरा के हुँदैछ भने राष्ट्रघाती एमसीसी परियोजनालाई संसदबाट पारित गर्न जोडबल भै रहेको छ । यदि यसो भयो भने नचाहँदा नचाहँदै पनि भविष्यमा हाम्रो देश विश्वका शक्तिशाली मुलुकहरूको युद्ध मैदान बन्नेछ र हामीले ईराक, अफगानिस्तानको जस्तो दुर्दशा भोग्नुपर्ने छ ।

यो एमसीसी परियोजना सैनिक रणनीतिक उद्देश्यअन्तर्गत गरीब तथा विकासोन्मुख मुलुकको लागि भन्दै अमेरिकाले अघि सारेको आर्थिक सहायता कार्यक्रम हो । यस कार्यक्रम अन्तर्गत अमेरिकाले नेपालमा ५० करोड डलर या करिब ५५ अरब रूपैयाँ ल्याउनेछ र नेपाल सरकारले मिसाउने १३ अरब रूपैयाँ राख्ने छ ।

यसरी जम्मा हुन आउने करिब ७० अर्ब रूपैयाँ ५ वर्षभित्रमा काठमाडौंदेखि भारतको गोरखपुरसम्मको विद्युत प्रसारण लाइन १०० किमि सडक विस्तारमा खर्च गर्नुपर्नेछ । सरसरी हेर्दा हामीलाई के लाग्न सक्छ भने ओ हो यत्रो ठूलो आर्थिक सहयोग । यो त निकै राम्रो योजना रहेछ, फेरि विरोध किन गरेको होलान् ? । तर वास्तविकता के हो भने यसको विरोध भनेको अमेरिकाको विरोध पनि होइन र विदेशी सहयोगको विरोध त झन् हुँदै होइन । यससँग जोडिएर आउने शर्तहरूको मात्र बिरोध हो ।

केही शर्तहरू यस्ता छन् जसलाई स्वीकार गर्ने हो भने हाम्रो स्वतन्त्रता र स्वाभिमान अनि संविधान र कानूनको ठाडो उल्लङ्घन हुन जानेछ । यो रकम अमेरिकाले छानेका योजनामा मात्र खर्च गर्नुपर्नेछ, खर्चको हरहिसाब अमेरिकाले मात्र राख्न पाउनेछ, त्यसबापत कुनै पनि प्रकारको कर तिर्न पर्नेछैन र त्यसमा नेपालले सोधपुछ गर्न पनि पाउने छैन । कर्मचारी नियुक्ति र खटनपटन सबै अमेरिकाले गर्नेछ, कसैले अपराधै गरे पनि नेपालले त्यसलाई केही गर्न सक्ने छैन । काम गर्दा नेपाली कानून र अमेरिकी कानून बाझिएको खण्डमा अमेरिकी कानून नै लागू हुनेछ । नेपालमा रहेका जडीबूटी र महत्वपूर्ण युरोनियम लगायत खनिज सम्पदाहरूलाई अमेरिकाले आफ्नो नाउँमा दर्ता गर्नेछ । योजनाको सुरक्षाको लागि अमेरिकी सुरक्षा टोली या सैन्य दस्ता योजना स्थलमा राख्नेछ । परियोजना क्षेत्रका जÞमीन एम.सी.सी.को अधीनमा जाने र परियोजना अवधि पछि पनि ती ठाउँहरू एम.सी.सी.ले नै उपभोग गरिरहने प्रावधान पनि प्रष्ट आएको छ ।

त्यस्तै अन्य धेरै कुरा छन्, जसले हामीलाई अमेरिकी स्वार्थ र नियन्त्रणभित्र बिस्तारै छिराउँदै लैजानेछ । अमेरिकाले अष्ट्रेलियादेखि लिएर बर्मा, थाईल्याण्ड, भारत, पाकिस्तान, बंगलादेश आदि मुलुकलाई समेटेर एउटा सैनिक साझेदारीको सञ्जाल तयार गरिरहेको छ, जसलाई छोटकरीमा आइपीएस वा इण्डो–प्यासिफिक रणनीति कार्यक्रम भनिन्छ । यसको मूल उद्देश्य नै यस क्षेत्रमा अमेरिकाले ठूलो सैनिक आधार तयार गर्ने र आवश्यक पर्दा यहीँबाट युद्ध विस्तार गर्ने हो । अहिले विश्वमा सबैभन्दा ठूलो प्रतिस्पर्धा चीन र अमेरिकाको बीचमा चलिरहेको छ । हामी विश्वका कुनै पनि मुलुकसँग शत्रुता मोल्न चाहँदैनौँ र कुनै एकको विरुद्ध अर्कालाई प्रयोग गर्न पनि चाहन्नौँ ।

अमेरिकाले विभिन्न संयन्त्र वा दूतावासमार्फत निकै जोडबल गर्नु वा अप्रत्यक्ष धम्क्याउनुले पनि नियतमा प्रष्ट समस्या देखिएको छ । विश्वका कुनै पनि देशसँग हाम्रो शत्रुता छैन । यदि हाम्रो कोही शत्रु छ भने त्यो हामीभित्रैको गरीबी, अशिक्षा, शोषण, दमन, भ्रष्टाचार, अन्याय, अन्धविश्वास, सामाजिक विभेद आदि हुन् । हामी समाजमा भएका धनी–गरीब, नोकर–मालिक, सानोजात– ठूलोजात जस्ता सम्पूर्ण भेदभावबिरुद्ध लडेर न्याय र समानतामा आधारित समाज निर्माण गर्न चाहन्छौँ, तर छिमेकी देश चीन र भारतसँगको सम्बन्धमा कहीँ समस्या भए पनि हामी आफै वार्ता र सम्बादका माध्यमबाट समाधान गर्न सक्छौँ । हामी हाम्रै ढङ्गले र आफ्नै बुतामा देश निर्माणको संघर्षमा लागिरहन्छौँ ।

त्यसैले चाहे आर्थिक अनुदान र विकासको नाउँमा होस्, चाहे अर्को कुनै पनि निहुँमा होस्, बाह्य घुसपैठ र हस्तक्षेप हामीलाई स्वीकार्य छैन । राष्ट्रिय हित र सुरक्षा विपरित सम्झौता गरिएको एमसीसी जस्तो घातक सम्झौतालाई कुनै पनि हालतमा पारित नगर्न आफैले चुनेर पठाएका सांसदज्यूहरूलाई अनुरोध गरौँ, दबाब दिऔँ र साथै यसलाई पूरै रद्ध गर्न सरकारसँग जोडदार माग गरौँ । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको एउटै आवाज बनाऔँ, राष्ट्रघाती एमसीसी प्रस्ताव खारेज गराऔँ ।

यसैको खारेजीका लागि राष्ट्रिय जीवनका महत्वपूर्ण र लब्धप्रतिष्ठित वाम तथा प्रजातान्त्रिक व्यक्तित्वहरु, देशभक्त प्रगतिशिल बौद्धिक समूदायहरू, विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, डाक्टर, ईन्जिनियर, वकिल लगायतको संयुक्त अपिल सार्वजनिक गरिएको हो । ”

संयुक्त वक्तव्य जारी गर्नेहरु छन् :

१. लोककृष्ण भट्टराई, २. बोर्णबहादुर कार्की, ३. डा.मथुराप्रसाद श्रेष्ठ, ४.स्वनाम साथी, ५.नारायण शर्मा, ६.लक्ष्मीभक्त उपाध्याय, ७.डा. भरत प्रधान, ८.गौरी प्रधान, ९.मोहनचन्द्र अधिकारी, १०.लोकनारायण सुवेदी, ११.मोदनाथ प्रश्रित, १२. सीताराम तामाङ्सहित
१३.श्रीकृष्ण श्रेष्ठ
१४.अमर गिरी
१५.अच्युत ज्ञवाली
१६.अमर कार्की
१७.अम्बिका प्रसाद थैब
१८.आमोद अधिकारी
१९. दुर्गाप्रसाद वस्ती
२०.पदम सिवाकोटी
२१.ईश्वरकुमार पिया
२२.ईश्वर श्रेष्ठ
२३.एकलाल श्रेष्ठ
२४.कलाधर पौडेल
२५.कमानसिंह लामा
२६.कमल कोइराला
२७.कमला अमात्य
२८.कपिल आचार्य
२९.किशनशर्मा गैरे
३०.कुन्ता शर्मा
३१.के.बी खड्का
३२.कौशल अधिकारी
३३.केशव खड्का
३४.केशवराज खड्का
३५.केशरमणि पोखरेल
३६.कृष्ण आचार्य
३७.कृष्ण भुजेल
३८.खड्गबहादुर गुरुङ
३९.गणेश बहादुर अधिकारी
४०.गोपाल गिरी
४१.गोपालमणि गौतम
४२.गोपीरमण उपाध्याय
४३.गोविन्द आचार्य
४४.गोविन्द ज्ञवाली
४५.गोविन्दराज ज्ञवाली
४६.गोविन्दसिंह थापा
४७.गुणराज गौतम
४८.गौरी प्रधान
४९.घनश्याम शर्मा पौडेल
५०.चतुरमान सुनार
५१.चित्रबहादुर आले
५२.चन्द्रा उदासी
५३.छायादत्त न्यौपाने
५४.जगत बहादुर के.सी.
५५.जनक तिवारी
५६.जनार्दनबाबु कट्टेल
५७.जयनारायण नेपाल
५८.जीवन शर्मा
५९.ज्योतिलाल वन
६०.टेकनाथ बराल
६१.ठाकुर चापागाईं
६२.ठाकुर प्रसाद देवकोटा
६३. डा.वेद क्षेत्री
६४.डा.चन्द्रकान्त ज्ञवाली
६५.डा.राममान श्रेष्ठ
६६.डा.सरोज धितााल
६७.डा विष्णुहरि पण्डित
६८.डा अर्जुन प्रसाद तिवारी
६९.डिल्लीजंग गुरुङ
७०.तेजराज खतिवडा
७१.तिलक पराजुली
७२.वेदराज ज्ञवाली
७३.दिपेन्द्र बहादुर क्षेत्री
७४.देवेन्द्र तिम्ला
७५.देवराज पौडेल
७६.नन्दनकुमार अर्याल
७७.नानीमैया अधिकारी
७८.नानीमैया नकर्मी
७९.नारायण आचार्य
८०.नारायणप्रसाद रेग्मी
८१.नारायण सन्जेल
८२.नन्दलाल बन्जाडे
८३.नरेन्द्र खनाल
८४.नरेन्द्रजंग पिटर
८५.निनु चापागाईं
८६.नीलकण्ठ तिवारी
८७.नेत्रपाणि गौतम
८८.निरेश शर्मा
८९.प्रेमलकुमार खनाल
९०.प्रा. प्रेमराज न्यौपाने
९१.प्रमोद धिताल
९२.फणिन्द्र आचार्य
९३.बद्रे आलम
९४.बद्रीप्रसाद खतिवडा
९५.बलभद्र भारती
९६.बालकृष्ण श्रेष्ठ
९७.बिन बहादुर कुँवर
९८.बेदनिधि निरौला
९९.भैरव रिसाल
१००.भरत शर्मा
१०१.भरत गौतम
१०२.भीमप्रसाद गौतम
१०३.भीमसेन कुमार गौतम
१०४.महेन्द्र बुढाथोकी
१०५.माधव मरहट्ठा
१०६.मातृका पोखरेल
१०७.माधव कोइराला
१०८.महालक्ष्मी श्रेष्ठ
१०९.महेश्वर थारु
११०.महेश्वरमान श्रेष्ठ
१११.मित्र शर्मा पौडेल
११२.मित्र दवाडी
११३.मोहन बहादुर के.सी.
११४.मोहन के.सी
११५.मुक्ता श्रेष्ठ
११६.मुकुन्द आचार्य
११७.मीना शर्मा
११८.मुरारी कार्की
११९.यादव उपाध्याय
१२०.युवराज पन्थी
१२१.रमण कुमार श्रेष्ठ(ब.अ)
१२२.प्रा.राजेन्द्र सुवेदी
१२३.रामेश्वर लामिछाने
१२४.रामएकपाल यादव
१२५.रामबहादुर अधिकारी
१२६.रामबहादुर भण्डारी
१२७.रामप्रसाद श्रेष्ठ(ब.अ)
१२८.रामसिंह श्रीस
१२९.रामसिं रावल
१३०.रामचन्द्र भण्डारी
१३१.रामचन्द्र भटराई
१३२.रामचन्द्र चापागाईं
१३३.रामकुमार बान्तवा
१३४.राममणि पोखरेल
१३५.रामप्रसाद भुसाल
१३६.रामराज रेग्मी
१३७.रत्नमान तुलाधर
१३८.लक्ष्मण पाण्डे
१३९.लक्ष्मण कुँवर
१४०.लेखनाथ गुरागाईं
१४१.लोकप्रसाद भूर्तेल
१४२.वसन्त गौचन
१४३.वसन्तलाल श्रेष्ठ
१४४.वासुदेव गौतम
१४५.वेदराज ज्ञवाली
१४६.विमल शर्मा
१४७.विष्णु बहादुर वाइबा
१४८.विष्णु घिमिरे
१४९.विष्णुरमण खरेल
१५०.सरस्वती शर्मा
१५१.महादीप पोखरेल
१५२.समिर सिंह
१५३.सरोज पौडेल
१५४.डा. सरोज धिताल
१५५.सावित्रि भण्डारी
१५६.सावित्रि भट्टराई
१५७.सुर्य मगर
१५८.सिद्धिलाल सिंह
१५९.स्नेहलता श्रेष्ठ
१६०.सोमप्रसाद गौचन
१६१.सोमत घिमीरे
१६२.सुकन्या वाइबा
१६३.सीताराम घले परियार
१६४.शम्भु श्रेष्ठ
१६५.शंकरप्रसाद सुवेदी
१६६.शान्तदाश मानन्धर
१६७.प्रा. हिमलाल पुरी
१६८.शरद वन्त
१६९.शारदारमण नेपाल
१७०.शशिलाल राई
१७१.शोभा दुलाल
१७२.शंकर दुलाल
१७३.शेषमणि शर्मा
१७४.शिव अधिकारी
१७५.शिवशंकर पौडेल
१७६.शुरेस कार्की
१७७.शुशीलचन्द्र अमात्य
१७८.श्याम श्रेष्ठ
१७९.श्यामकृष्ण कोजु
१८०.हरि रावत
१८१.हरि उप्रेती(ब.अ)
१८२.हरि रोका
१८३.हर्ष स्याङ्बो
१८४.हस्त बहादुर के.सी.
१८५.हस्त बहादुर मगर
१८६.हरीहर खरेल
१८७.हिराप्रसाद नेपाल
१८७.हिरामणि खनाल
१८८.हिरालाल चौधरी
१८९.राजेन्द्र देशभक्त
१९०.केदारनाथ गौतम
१९१.भरत सिग्देल
१९२. विश्वनाथ प्याकुरेल
१९३. रमेश सुनुवार