कमजोरी लुकाउन माओवादी-एमाले कार्ड

विरोध गर्ने जति सवैलाई बबई गाउँपालिका प्रवेश निषेध गर्ने अध्यक्षको अभियान

  
दैनिक अभियान सोमवार, असार १५, २०७७

तुलसीपुर, १५ असार । बबई गाउँपालिकामा नेकपा भित्र नयाँ ढंगको बहस सुरु भएको छ । बहस नेकपाको केन्द्रमा चलेको जस्तै बबईमा पनि सोहि विषयमा बहस चलेको छ ।

एमसीसीको विरोध गर्ने कार्यकर्तालाई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले बहुला भन्दै प्रहरीलाई फोन गरेर पक्राउ गराउन थालेका छन् । पालिका अध्यक्षले एमसीसी विरोध गर्न वित्तिकै प्रतिपक्ष कांग्रेस वा स्वतन्त्र युवा भए पनि उनिहरुलाई सिधै प्रचण्डको मान्छे वा पूर्व माओवादीको आरोप लगाउने गर्दछन् ।

केहि दिन पहिले असार ६ गते हापुरेमा र असार ११ गते हंसपुरमा बबई गाउँपालिकाका युवा हरुले एमसीसी विरोधी युवा सञ्जाल गठन गरेर एमसीसीका विरुद्व मौन विरोध प्रदर्शन गरे । त्यसका लागि उनिहरुले सामाजिक सञ्जालको माध्यमबाट सवै युवाहरुलाई विरोध कार्यक्रममा सहभागि हुन आह्वान पनि गरेका थिए ।

पालिका अध्यक्ष भुवनेश्वर पौडेलले यो विषयलाई माओवादी कार्यक्रम भएको र एमाले विरुद्वको कार्यक्रममा नजान उर्दि समेत जारी गरेको पूर्व एमाले निकट कार्यकर्ताहरुले दैनिक अभियान संग बताएका छन् ।

नाम नबताउने सर्तमा उनिले भनेका छन् –‘पूर्व माओवादी र पूर्व एमाले बनाएर दुई टिममा पार्टीलाई विभाजन गरी पूर्व एमालेको समग्र नेतृत्व सत्तामै बसेर गर्ने उदेश्य सहित भुवनेश्वर पौडेलले योजनाबद्व विभाजन लेउन क्रियाशिल भएको जानकारी दिएका छन् ।
पूर्व माओवादीका केहि नेताहरु गुटमा खेल्न नुक्ने खालका भएका कारण उनिहरुलाई थाहि नदिई समुदाय र पार्टीमा नक्कली बहस बनाएर प्रस्तुत हुने र समाज एवंपार्टीका तल्ना तहलाई दुई कित्तामा पार्टी एकता भएको केहि दिन भित्रैबाट सक्रिय रहेको उनिहरुको तर्क छ ।

दाङका अरु गाउँपालिका प्रमुख भन्दा आफु अब्बल देखिनलाई नक्कली गुण्डा समुह बनाई आफुलाई खतरा रहेको प्रचार गराउनुका साथै राज्यबाट अंगरक्षक लगेर आफुलाई पश्चिम दाङको सशक्त नेताकोरुपमा स्थापित गराउने चाल समेत खेलेको कुनै वेला उनि निकट रहेर काम गरेका पूर्व एमालेहरुले बताउने गरेका छन् ।

हापुरेका चोकहरुमा समेत त्यहाँका जनताले भुवनेश्वर पौडेल माथि कसैले हान्ने योजना नबनाएको तर अरु भन्दा भिन्न र बलियो देखाउन नक्कली समुह देखाएरु अंगरक्षक राखेको समेत बताउने गरेका छन् ।

अध्यक्ष पौडेलले मन नपर्ने जति सवैलाई वेला वेलामा गाउँपालिकामा प्रवेश निषेध गर्दै हिडेको नेकपाका नेता तथा कार्यकर्ताहरुले दैनिक अभियान लाई बताएका छन् ।

बबईका नेता तथा कार्यकर्ता भुवनेश्वरसंग प्रत्यक्ष बहस गर्न भने डराउँने गरेका छन् । मुख्य मन्त्री शंकर पोख्रेलको संरक्षण भएका कारण पनि पार्टी कार्वाहिमा परिने डरले उनिहरु नाम खुलाउन डाराउँछन् ।

पौडेलले विवादको वेला पार्टी अध्यक्ष टिकाराम खड्का, दाङ क्षेत्र नं. ३ का सांसद हिरा चन्द्र केसी र नेकपाका जिल्ला सचिवालय सदस्य एवं दाङ क्षेत्र नंवर ३ ख का संयोजक चुर्ण बहादुर वली समेतलाई पटक पटक बबई गाउँपालिकामा प्रवेश निषेधको घोषणा गरेका छन् ।
मुख्यमन्त्रीको प्रत्यक्ष संरक्षणका कारण अध्यक्ष पौडेलले नेता कार्यकर्तालाई दमनमा राखेको कार्यकर्ताहरुको गुनासो छ ।

नेता पौडेलले रोल्पा रुकुमका ठाउँका नामहरुलाई समेत माओवादीको संज्ञा दिन थालेका छन् । केहिदिन अघि बबई गाउँपालिकाको जनकल्यान माविमा भएको अव्यवस्थापनकाबारेमा घोराहीबाट सञ्चालन भएको जलजलाखबर डटकममा रिपोर्टिङ भएपछि जलजला रोल्पामा भएको र रोल्पामा माओवादी धेरै हुने भएकाले जलजला पत्रिका माओवादी निकटकाले चलाएको र माओवादीहरु पूर्व एमाले विरुद्व लागेको भनेर आफुसंग रिसाएको पूर्व एमालेहरुलाई फकाउन सुरु गरेको समेत दैनिक अभियान डटकमलाई नेकापका नेता तथा कार्यकर्ताहरुले बताएका छन् ।

पूर्व एमाले र पूर्व माओवादी कार्ड आफुले गरेको कमजोरी लुकाउने भरपुर माध्यमकोरुपमा प्रयोग गर्दै आएका छन् । भुवनेश्वरले आफु बलियो हुन र जनता तर्साउन अंगरक्षक राखे पनि उनि बलियो नुहने र जनता उनिसंग अव नतर्सिने हापुरेमा विश्लेषण हुन थालेको छ । समाचार लेखेकै भरमा गाउँपालिका प्रवेश निषेध गरेका बबई गाउँपालिका अध्यक्ष पौडेलले आफ्नो फेसबुकमा आफुले ५० हजार घुस ख्वाएको समेत घोषणा गरेका छन् ।

उनिले जे जस्तो हतकण्डा प्रयोग गरे पनि जनता भने रुष्ट भएका छन् । उपभोक्त समिति गठन गर्ने देखि योजना छनौटमा समेत आफ्ना गुटका मानिसहरु कसरी पार्न सकिन्छ भनेर पहिल्यै योजना बनाउने गरेको दैनिक अभियानलाई जानकारी आएको छ ।

कोरोना भाईरसका कारण लकडाउँनले जनतालाई खानपानमा समस्या रहेकोछ । सरकारले राहत वितरण गर्नेमा समेत उनिले राजनीति गर्दै आएको गुनासो जनताले गरेका छन् । उनिको गुट बाहेकका मानिसहरुलाई निवेदन दिदा समेत राहत नदिएको गुनासो आएको छ । आफ्ना गुटको मानिसहरुलाई भने घरमै लगेर राहत वितरण गरिएको जनगुनासो छ ।

बबई गाउँपालिकामा विषयगत हुने बहसलाई सधै उनिले एमाले माओवादी बहसको रुप दिएर कार्यकर्तालाई भ्रममा पार्ने र आफु सुरक्षित भई कमजोरी लुकाउने सवालमा अहिले सम्म उनि सफल देखिएका छन् । माधव नेपाल समुहलाई सधै उनिले भावनात्मक ब्ल्याकमेल गर्ने गरेको नेकपाका नेता कार्यकताहरुले बताएका छन् ।

आफ्ना विरोध गर्नेहरुलाई निराधार तरिकाले विदेश गएका मानिसहरु प्रयोग गरेर सामाजिक सञ्चाल मार्फत चरित्र हत्या गर्न लगाएको प्रमाण समेत दैनिक अभियानलाई प्राप्त भएको छ ।

नोट यो समाचार सम्वन्धिी थप समाचारहरु हामी क्रमशः प्रशारण गर्नेछौ ।