मैले भोट हालेर जिताएको अध्यक्ष पौडेलले नै मलाई बहुला भनि पक्राउ गराए

पौडेलको भाषामा राष्ट्रघाती एमसीसीको विरोध गर्नु बहुलाउनु रहेछ

  
दैनिक अभियान सोमवार, असार १५, २०७७

तुलसीपुर, १५ असार । बबई गाउँपालिका एक युवालाई अध्यक्ष भुवनेश्वर पौडेलले पक्राउ गर्न लगाएका छन ।

एघार गते विहिवार एमसीसीको विरोध कार्यक्रममा सहभागी भई बबई गाउँपालिकाको हंसपुरबाट फर्किदा बाटोमै गाउँपालिका पर्ने भएकोले अध्यक्षलाई भेट्न भएका युवा भक्त डाँगिलाई उनकै अगाडि एक जना बहुला आएर गाउँपालिकामा डिस्टर्व गरेको छ । तुरुन्त आएर पक्राउ गर्नु प¥यो भनेर अध्यक्ष पौडेल पुलिसलाई बोलाएको पिडित डाँगिले बताए ।

डाँगीले भनेका छन–‘एमसीसी राष्ट्रका निम्ति घातक छ । यसलाई साँसदबाट अनुमोदन गर्नु हुदैन भनि विरोध कार्यक्रममा सहभागि भएर फर्किदा जनताको नेता भनेका मान्छेले नै मलाई पक्राउ गर्न लगाउँदा दुःख लागेको बताएका छन् ।’

दैनिक अभियानसंग कुरा गर्दै डाँगीले भने मलाई प्रहरी पक्राउ गर्न आएको थियो । मैले कुरा गरेर म आफै आउछु । पञ्चकुलेप्रहरी कार्यालयमै आउँछु भनेपछि उनिहरु अगाडि अगाडि गए म पछि पछि गए । चेक पोष्टनेर मलाई एक घण्टा रोकियो । मेरो टिसर्टमा लेखिएको एमसीसी विरोधी नारा मेटाईयो ।

मैले बोकेको राष्ट्रिय झण्डा खोसाखोस भयो । मैले अरु जे सुकै गर तर म राष्ट्रिय झण्डा दिदैन भनेर लडे अनि मलाई अरु सवै खोसेर लगियो । म घर तिर हिडे ।

प्रहरीले जे गरे पनि केहि थिएन । मेरै अगाडी प्रहरीलाई फोन गरेर ‘को बहुला आएको छ । अफिसमा डिस्टर्व ग¥यो । तुरुन्त पक्रन आउँनुस भने मलाई पिर लागेको छ । हामीले नै भोट हालेर जिताएको नेता आज हामीलाई नै प्रहरी लगाएर पक्राउ गराउँछ । यो देखेर चिन्ता लागेको छ डाँगिले भनेका छन् ।

मैले नै जिताएको नेता भुवनेश्वर पौडेलले मलाई नै गिरफ्तार गराए । आज नेता विग्रिएको देख्दा मलाई साह््रै मन दुखेको छ । डाँगिले भोट हालेर जिताएकाले चुप लागौ भनेर नबस्न र गलतको विरोध गर्न आम जनतालाई आहन गरेका छन् ।

बबई गाउँपालिका अध्यक्ष पौडेल संग सम्पर्क गर्ने कोशिष गर्दा फोन सम्पर्क हुन सकेको छैन । अध्यक्ष पौडेल संग कुराकानी गरेर पुनः समाचार प्रकाशन गर्ने प्रयत्न गर्नेछौं ।