दुर्घटनामा परि दुई जना घाईते

  
दैनिक अभियान सोमवार, असार १५, २०७७

तुलसीपुर, १५ असार । अटो र मोटरसाईकल ठोकिदा दुई जना घाईते भएका छन् । तुलसीपुर सल्यानरोड अन्र्तगत गोदाम घर नजिकै सोमवार दिउँसो दुई बजेतिर तुलसीपुरबाट रक्षाचौर तर्फ जादै गरेको म १ प ४९९० नम्वरको मोटरसाईकल र विपरित दिशाबाट आईरहेको रा १ ह ४१९० नम्वरको अटो एक आपसमा ठोकिदा दुर्घटना भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा परि घाईते हुनेमा मोटरसाईकल चालक तुलसीपुर ५ नामीनगर निवासी २१ बर्षिय सुरेश भुसाल र सोहि ठाउँ बस्ने ३५ बर्षिया हिरा सेन रहेको प्रहरीले बताएको छ । घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । प्रहरीले अटो र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।