लाखौंको संख्यामा सलहको फेरि नयाँ झुण्ड

  
दैनिक अभियान सोमवार, असार १५, २०७७

काठमाडौँ, १५ — असार । सलहको किराको कपिलवस्तुमा फेरि नयाँ झुण्ड देखिएको छ । लाखौंको संख्यामा रहेको उक्त झुण्ड बुद्धभूमी, शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकामा देखिएको प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवैदीले बताएका छन ।

‘भारतको पूर्वतिर जाँदै गर्दा सलहको झुण्ड केही नेपालको बोर्डरमा झरेको देखिन्छ,’ उनले भने, ‘ठूलो झुण्ड भएपनि ठाउँ,ठाउँमा छुटिएका छन् । किरा जंगलमा बसेकाले बालीमा भने अहिले सम्म क्षति भइसकेको छैन ।’

हिजो आज धेरै पानी परिरहेकाले सलहको झुण्ड खेतमा पसेका छैनन् । धनगढीमा पनि सलह देखिएको छ । उक्त झुण्ड पुरानै वा नयाँ भन्नेमा भने एकिन भइसकेको छैन । ‘धनगढीमा आजै गएको हो भने नयाँ हो । हिजो गएको भए पुरानो हो,’ सुबेदीले भने, ‘त्यसको अध्ययन गरिरहेका छौं ।’