खालि रहन्छ मुटु यहाँ तिमी नभए (गजल)

  
दैनिक अभियान सोमवार, असार १५, २०७७

सुर्वण शर्मा, जाजरकोट
 १५असार ।

 

खालि रहन्छ मुटु यहाँ तिमी नभए

खै कसरी चल्छ जीवन यहाँ तिमी नभए ।

कर्के नजर मन्द मुस्कान भुलुँ कसो गरी
सम्झन्छ तड्पन्छ यो मन यहाँ तिमी नभए ।।

हजारौंको भिँडमा पनि तिमी छुट्टै छौ
मरी जाउँला हर क्षण यहाँ तिमी नभए ।

सम्झनुको मजा अलग विर्सौ  के भनी
मनभित्र चल्छ रोदन यहाँ तिमी नभए ।।

खुल्छ शीतल रश्मि जुनको त्यो रुपमा
गड्छ तड्पन झन् झन् यहाँ तिमी नभए ।।