ब्यवारिसे शव फेला

  
दैनिक अभियान सोमवार, असार १५, २०७७

बुटवल, १५ असार । रुपन्देहीमा ब्यवारिसे शव परेको छ । रुपन्देहीको देवदह नगरपालिका २ राजावारी स्थित भित्री कच्ची बाटो एक पुरुषको शव फेला परेको प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता राजकुमार वैदाबारले बताए ।

नाम थर नखुलेका अन्दाजी ३५,४० वर्षको तराई मुलको जस्तो देखिने खरानी रङको हाईनेक, खाकी कलरको पाइन्ट लगाएको हल्का दाह्री जुङगा पालेको पुरुष व्यक्तिको वेवारिसे शव फेला परेको र मृतको नजिकै बोराको झोला, झोला भित्र कवाडको सामानहरु र विषादीको बट्टा फेला परेको समेत बताए । मृतको पुरुषको शरिरमा बाहिरि चोट नदेखिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।