धान दिबस (गजल)

  
दैनिक अभियान सोमवार, असार १५, २०७७

राम कुमारी खड्का

तुलसीपुर, १५ असार ।

असार महिना मानो रोपि मुरि फलाउने महिना

चर्चामा आउन नक्कली किसान कलाउने होइन ?

 

म वास्तविक किसान हु मलाई भ्याई नभ्याई छ

कति पसिना बगाउछु कति दुख छ रमाउने होइन ?

 

भाषणमा मात्र कृषि समृद्धि र कृषि आधुनिकता कुरा

आत्म निर्भरताका लागि हजारौं टन धान फलाउने होइन ?

 

धान दिबसको अबसर पारी कृषक बनी दिबसै मनाउनलाई

टाई सुट सुरक्षा कर्मी आलिमा राखी हलो समाउने होइन ?

 

रमिते बन्छन रमाउछन एक दिन हामी किसानको दुखमा

हाम्रो कृषि पेसागत सुरक्षाको लागि नियम बनाउने होइन ?