प्रहरीद्वारा गाँजा नष्ट

  
दैनिक अभियान सोमवार, असार १५, २०७७

देविराम कुसारी

फुलवारी, १४ असार ।

तुलसीपुर उपमहानगरपालिका १३ फुलवारीको अस्थायी प्रहरी पोष्ट दमारगाँउले एक कठ्ठा क्षेत्रफलमा रहेको गाजा नष्ट गरेको छ ।

अस्थाई प्रहरी पोष्ट दमारगाँउका प्रमुख खड्गबहादुर बुढाको नेतृत्वमा गाजा नष्ट गरिएको हो । बखरीयाका एक स्थानीयले प्रयोग गर्न छोडेको जग्गामा प्राकृतिक रुपमा जागेको गजा नष्ट गरिएको प्रमख बुढाले जानकारी दिए ।

टोलविकास समितिका अध्यक्ष नारायण डाँगी, समाजसेवी खिमकान्त पाण्डे, धनेश्वर गिरी, युवा जीवन गिरी, शिशिर पाण्डे, केशब रेग्मी लगाएतको गाजा नष्ट गर्ने कार्यमा सहभागिता रहेको थियो ।