सीमा सुरक्षा थप मजबुत बनाइँदै, नेपाल

  
दैनिक अभियान सोमवार, असार १५, २०७७

 

तुलसीपुर, १५ असार । सशस्त्र प्रहरी बल नेपाले दाङका नौ वटा नाकामा बोर्डर आउट पोष्ट –बीओपी) स्थापना गर्ने भयको छ । बीओपी राखिने स्थानहरु राजपुर गाउपालिकाको भैसाही नाका, सुकली नाका, पटौली नाका, कल्यानपुर नाका, भैरीसाल नाका, मुसी नाका , ककरहवा नाका, सुकौली नाका र गन्धेला नाकामास्थापना गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ ।

यस अघि नेपाल–भारत–चीन त्रिदेशीय सीमामा रहेको दार्चुलाको छाङ?सहित २५ स्थानमा बीओपी स्थापना भइसकेका छन् । अब थप ८९ वटा स्थानमा बीओपी राख्न सशस्त्र प्रहरीले तयारी गरिरहेको छ । तीमध्ये कतिपय ठाउँमा जग्गाको पनि टुंगो लागिसकेको छ भने केही स्थानमा भाडाको घरमा सशस्त्र प्रहरीले फौज राख्दैछ ।

गृह मन्त्रालयका अनुसार उत्तरी सीमामा ताप्लेजुङको ओलाङ्चुङगोलामा बीओपी राख्ने तयारी भइरहेको छ । हालै सशस्त्रले चीनतिर हुम्लाको हिल्सा नाकामा पनि बीओपी स्थापना गरिसकेको छ । यसअघि संखुवासभाको किमाथांका र मुस्ताङको लामान्थाङमा बीओपी स्थापना भइसकेको छ । सरकारले गत वर्ष मंसिरमा ११४ वटा बीओपी थप्ने निर्णय गरेपछि ती स्थानमा बीओपी राखिएको बताएको छ ।

त्यसअघि सशस्त्र प्रहरीले एक सय ७ स्थापनामा बीओपी राखिसकेको थियो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सशस्त्र प्रहरीलाई थप ५ सय वटा बीओपी राख्ने गरी खाका पेश गर्न भनेका थिए । जसअनुसार सीमामा उपस्थिति बढाउन ९ हजार जनशक्ति थप्नुपर्ने सशस्त्र प्रहरीले गृहलाई बताएको थियो । बादलको प्रस्ताव अनुसार सशस्त्र प्रहरीको बीओपी स्थापना भए सीमामा साढे ३ किलोमिटरको फरकमा सशस्त्र प्रहरीको उपस्थिति बताएको छ ।