बबई गाउँपालिकाका अध्यक्षले स्टाटस हटाए

घुस दिएको प्रमाण पेश गर्न अध्यक्षलाई सकस

  
दैनिक अभियान आइतवार, असार १४, २०७७

पवित्रा खड्का
तुलसीपुर, १४ असार ।
  बबई गाउपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले घुस दिएको प्रमाण सार्वजनिक गर्न सकेनन ।

शनिवार अब्यबस्थित क्वारिन्टिनका बारेमा घोराहीबाट प्रकाशित हुने एक अनलाईन पत्रिकाले समाचार प्रकाशन गरेपछि फेसबुक स्टाटस राख्दै ‘पत्रकारले आफुबाट पचास हजार घुस मागि लगिसकेको र त्यसको प्रमाण भोलि सार्वजनिक गर्छु’ भनेका अध्यक्ष पौडेलले अहिलेसम्म प्रमाण सार्वजनिक गर्न सकेका छैनन ।

पौडेललाई हामिले सम्पर्क गर्दा –‘घुस दिएको प्रमाण जुटाएर छिटै सार्वजनिक गरिने र सबै पत्रकारहरुलाई त्यसको जानकारी दिईने’ बताए ।

पौडेलले प्रमाणसहित सार्वजनिक गर्ने दैनिक अभियानलाई बताए पनि हिजो शनिबार पत्रकारले घुस मागेको र आफुले पनि दिई सकेको भन्दै पोष्ट गरेको स्टाटस भने सामाजिक संजाल फेसबुकबाट हटाई सकेका छन ।

यो पनि पढ्नु होस

बबई गाउँपालिका अध्यक्षले घुस ख्वाएको खुलासा