घर झगडापछि खोलामा हामफाल्दा ४ घाईते

  
दैनिक अभियान आइतवार, असार १४, २०७७

बुटवल, १४ असार ।  घरायसी झगडाले उग्र रुप लियपछि ज्यान बचाउनलाई खोलामा हाम फाल्दा एकै घरका ४ जना घाइते भएका छन् ।

अर्घाखाँचीको पाणेनी गाउँपालिका वडा नंबर ३ का स्थानीय सुवास नेपालीले जाँड खाएर परिवारसँग झगडा गरेपछि उनका परिवारले नदिीमा हाम फालेका हुन् । उनकी श्रीमती २५ वर्षिया पबिता नेपालीले आफ्ना ३ जना बच्चाहित नदिमा हाम फालेका हुन् ।

पबिताले आफ्नो अनि बच्चाको ज्यान खतरा परेपछि ६ वर्षिया छोरी टिका, ४ वर्षका छोरा चरण र १८ महिनाको काखको बालक विष्णुसहित एक साथ नदिमा हामफोलेकी थिएन् ।

घटना लगत्तै स्थानीयले थाहा पाएपछि खोलामा बग्दै गरेका उनिहरुले उद्दार गरी अहिले जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले थप अनुसन्धान अगाडी बढाएको जनायको छ ।