बबई गाउँपालिका अध्यक्षले घुस ख्वाएको खुलासा

घुस खाएको र ख्वाएको प्रमाणित भएमा तिन महिना देखि चार महिना सम्म जेल सजाए हुन सक्छ

  
दैनिक अभियान शनिबार, असार १३, २०७७

तुलसीपुर, १३ असार । बबई गाउँपालिकाका अध्यक्षले पत्रकारलाई घुस दिएको खुल्न आएको छ ।

अध्यक्ष भुवनेश्वर पौडेलले पत्रकारलाई ५० हजार घुस ख्वाएको फेसबुक स्टाटसमा लेखेको छन् । के गल्ती गरेको थिए र त्यसलाई ढाकछोप गर्न घुस ख्वाए त्यो भने खुलाएका छैनन ।

अन्तरवार्ता गरेर घुस दिएको खुलाए पनि कुन पत्रकारलाई घुस दिएका हुन र प्रमाण के हो भन्ने कुरा खुलाएका छैनन् ।

तर उनिले घुस ख्वाएको स प्रमाण भोलि १४ गते आईतवार सार्वजनिक गर्ने बाचा गरेका छन् ।

बबई गाउँपालिकाको क्वारेन्टिनमा अव्यवस्था भएको जनताको गुनासो जलजलाखबर डटकमले सार्वजनिक गरेपछि घुस ख्वाएको र खाएको रहस्य खुल्न गएको हो ।

घुस खाएको र ख्वाएको प्रमाणित भएमा तिन महिना देखि चार महिना सम्म खाने र ख्वाउनेलाई जेल सजाए हुन सक्छ ।

अध्यक्ष पौडेलले स्टाटस लेख्दै पत्रकारलाई यसरी आरोप लगाएका छन्

पौडेलले घुस ख्वाई सकेको समेत यसरी उल्लेख गरेका छन्

घुस दिनेलाई के कार्वाहि हुन्छ ?

परिच्छेद–२ भ्रष्टाचारको कसुर र सजाय सम्बन्धी व्यवस्था यस्तो छ सजाय

भ्रष्ट्राचार निवारण ऐन २०५९को परिच्छेद २ को (३) मा भनिएको छ –‘रिसवत लिने दिनेलाई सजायः (१) राष्ट्रसेवक वा राष्ट्रसेवक हुन लागेको कुनै व्यक्तिले आफ्नो ओहदा वा सो सम्बन्धी कुनै काम गर्न वा गरिदिए बापत वा नगर्न वा नगरिदिए बापत वा आफ्नो ओहदा वा सो सम्बन्धी कुनै काम गर्दा कुनै व्यक्तिलाई मोलाहिजा वा अनिष्ट गर्न वा गराइदिए बापत वा नगर्न वा नगराइदिए बापत आफ्नो वा अरू कसैको निमित्त रिसवत लिएमा वा लिन मञ्जुर गरेमा देहाय बमोजिमको रिसवत लिनेलाई वा लिन मञ्जुर गर्नेलाई कसुरको मात्रा अनुसार देहाय बमोजिम कैद र बिगो बमोजिम जरिबाना हुनेछ । रिसवत लिइसकेको भए सो रिसवत समेत जफत हुनेछः –

 (क)  पच्चीस हजार रुपैयाँसम्म तीन महिनासम्म कैद

(ख) पच्चीसहजार रुपैयाँभन्दा बढी पचास   हजार रुपैयाँसम्म तीन महिनादेखि चार महिनासम्म कैद,