दाङमा कोरोना संक्रमितको संख्या ४८० पुग्यो

  
दैनिक अभियान शनिबार, असार १३, २०७७

तुलसीपुर, १३ असार ।
दाङमा शनिबार थप ३१ कोरोना संक्रमित भेटिभएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शाखा अधिकृत रोशन आचार्यका अनुसार घोराहीमा २८ र बबईका एक र बंगलाचुलीका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमा घोराही ४ का १४ पुरुष र २ महिला, घोराही २ का १० पुरुष र एक महिला, घोराही ९ का एक पुरुष, बंगलाचुलीका दुई पुरुष र बबईका एक पुरुष रहेका छन् । यो संगै जिल्लामा संक्रमितको संख्या चारसय ८० पुगेको छ ।