अनलाइन वाटै व्यवासायिक सचेतना कार्यक्रम सञ्चालन

  
दैनिक अभियान शनिबार, असार १३, २०७७

दाङ, १३ असार ।
जिल्लाका उद्योगी तथा व्यवसायिहरुलाइ भिडियो कनफन्स माध्यम बाट सचेतना दिएको छ । कोरोना भाइरसको सङक्रमणका जोखिमको कारण औपचारीक कार्यक्रम हुन सकेका छैनन् ।

यस विषम परिस्र्थीतीमा दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा काठमाडौमा रहेको के बि सि फर्मको सहकार्यमा अनलाइन बाटै सचेतना प्रदान गरिएको थियो । सरकारले ल्याएको बजेट तथा आर्थिक ऐन २०७७ का व्यवस्था र क्षेत्रगत असरका वारेमा जानकारी दिएको हो ।

नया आर्थिक वर्षमा काम गर्दा समस्या नहोस भनेर यस प्रसकारको कार्यक्रमको आयोजना गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए । यस प्रकारको कार्यले सरकारले परिवर्तन गरेका नियमहरुको वारेमा जानकारी हुने र त्यसै अनुसार अगाडि वढन उद्योगि तथा व्यवसायिहरुलाइ सहज हुने उनको भनाइ रहेको छ ।

‘अहिलेको परिस्र्थीलाई मध्ये नजर गरेर प्रविधिको उपयोग गरेर जानकारी गराएका हौ’ अध्यक्ष भुसालले भने । संघले उद्योगि तथा व्यवासायिहरुलाइ निरन्तर रुपमा काम गर्दा आइ पर्ने समस्याका तालिम तथा सचेतना मुलक कार्यक्रम वाट जानकारी गरारहेको उनको भनाइ रहेको छ ।

त्यस अवसरमा आर्थिक ऐन २०७७ मा सरकारले गरेका परिवर्तन क्षेत्रगत रुपमा कर, आयकर,मुल्य अभिवृद्धि कर, अन्तर शुल्क, भन्साल शुल्क, करमा दिएको छुट लगाएतका विषयमा जानकारी गराइएको थियो । सहभागिहरुलाई सि ए अरुण लुइटेल र विपिन तिमील्सीनाले जानकारी गराएका थिए । भने सहभागिको जिज्ञासाको पनि उतर दिएका थिए ।

कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल, सघका सचिव माया पोख्रेल, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्य लगाएतकाले भनाइ राखेका थिए ।

कार्यक्रमको सहजिकरण संघका व्यवसायिक सल्लाहाकार धनेश्वर शर्मा र विपिन देवकोटाले गरेका थिए ।