गढवामा पर्यटकिय स्थलको निर्माण

  
दैनिक अभियान शनिबार, असार १३, २०७७

गढवा, १३ असार ।
गढवा गाउँपालिका वडानं. १ को कुलपानीमा पर्यटकिय स्थल निर्माण को काम सुरु भएको छ । नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पर्यटकिय स्थल निर्माणको काम शुक्रवार देखि सुरु भएको हो ।

शुक्रवार एक कार्यक्रमका विच कुलपानी धार्मिक तथा पर्यटकिय स्थलमा स्टेप तथा पार्क निर्माण कार्यक्रमको गाउँपालिकाक अध्यक्ष सहजराम यादवले काम सुरु गरेर उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष यादवले राहातलाई रोजगारीमा जोड्दै बेरोजगार युवाहरुलाई रोजगारको अवसर दिइएको बताए ।

जस अनुसार ३० जना महिला पुरुषहरुले छोटो समयको रोजगारी पाएको रोजगार सेवा केन्द्रका संयोजक अशोक यादवले जानकारी दिएका छन् । गाउँपालिकाका बिभिन्न वडाहरुमा बेरोजगारलाई रोजगार दिने उद्देश्यले झण्डै ४ सय ६० जनालाई रोजगारको अवसर प्रदान गरिएको रोजगार सुचना केन्द्र गढवाले जनाएको छ ।