तुलसीपुरमा खुकुरी प्रहार गर्ने डाँगी पक्राउ

  
दैनिक अभियान शुक्रबार, असार १२, २०७७

तुलसीपुर, १२ असार ।
तुलसीपुरको गहते खोलामा खुकुरी प्रहार गरी ४ जना घाईते बनाउने समुहका १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी नायव उपरिक्षक तथा इप्रका तुलसीपुरका प्रमुख शिववहादुर सिंहका अनुसार – पक्राउ पर्नेमा उपमहानगरपालिका वडा नं. ९ नयाँबस्तीका प्रेम बहादुर डाँगी रहेका छन् ।

शुक्रबार दिउसो साढे ३ : ३० बजेतिर दुई समूहका बीचमा झडपमा चारजना घाईते भएका थिए ।

प्रेम डाँगिको ८÷१० जनाको समूहले खुकुरी प्रहार गर्दा तुलसीपुर उपमहागनरपालिका–८ अस्वाराका लक्ष्मी नारायण भण्डारी, सोही ठाउँका सुवाश वली मोहन बस्नेत र विजय योगी घाईते भएका थिए ।

घाइते चारै जनाको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि डिस्र्चाज गरिएको अस्पताल स्रोतले बताएको छ ।

घटनाको विषयमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।