नेपालसंग वार्ता गर्न भारत तयार छैन – ज्ञवाली

चीनद्वारा सिमा अतिक्रमित भएको भन्ने समाचार झुठा हो

  
दैनिक अभियान शुक्रबार, असार १२, २०७७

काठमाण्डौ, १२ असार । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतसँग कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा विवाद सुल्झाउन कूटनीतिक पहल गरिरहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि वैठकमा आफ्नो धारणा राख्ने क्रममा मन्त्री ज्ञवालीले नेपालका तर्फबाट कुटनीतिक पहल गरिरहेको तर भारतले सिमा विवाद सुल्झाउन सकरात्मक तत्परता नदेखाएको बताएका हुन ।

ज्ञवालीले चीनबाट नेपाली सीमा अतिक्रमण भएको भन्नेबारे पछिल्लो समय आएका समाचारहरु झूटा रहेको बताएका छन् ।

स्थायी कमिटि वैठकलाई संवोधन गर्दै मन्त्री ज्ञवालीले भारत प्रति सदसयतस्थायी कमिटी बैठकमा बताए ।