पराईलाई खुसि दियौ

गजल

  
दैनिक अभियान शुक्रबार, असार १२, २०७७

सर्जक : कमला शाही, कोहलपुर, बाँके

आफ्नै भन्छौ,आफै कुरा लुकायौर मन दुख्यो ।
आसा,भरोसा,नाता बन्धन टुटायौर मन दुख्यो ।।

रहरहरु सजाई दियौ आखै वरिपरि ।
उता जोड्यौ यता नाता छुटायौर मन दुख्यो ।।

आफ्नालाई रुवाउदै पराईलाई खुसि दियौ ।
हासि हासि मेरो सारा लुटायौर मन दुख्यो ।।

मन भरिन्छ सम्झिदा अतित र बर्तमान ।
गर्विलो यो शिर आज झुकायौर मन दुख्यो ।।

मनका पीडा ब्याथा मन भित्रै पोको पारे ।
सम्बन्धको बलियो डोरि फुकायौर मन दुख्यो ।।