कोरोनाको चपेटामा बझाङका ६ स्थानीय तह

दुई जना घर फर्किए, ५३ जना आइसोलेसनमा संघर्ष गर्दै

  
दैनिक अभियान शुक्रबार, असार १२, २०७७

बझाङ, १२ असार । बझाङका अझै ६ वटा स्थानीय तह कोरोनाबाट मुक्त रहेका छन् । बझाङका कुल स्थानीय तह १२ वटा रहेका छन् । १२ मध्य ६ वटा स्थानीय तहहरुमा कोरोना संक्रमण भएको पुष्टी भएको छ ।

बझाङको बंगुल नगरपालिका, विथ्थडचिर गाँउपालिका, केदारस्युँ गाँउपालिका, थलारा गाँउपालिका, खप्तडछान्ना गाँउपालिका र छविसपाथिभेरा गाँउपालिकामा कोरोना संक्रमित देखिएको हो ।

बझाङको कुल संक्रमित मध्ये १२ जना महिला र ४३ जना पुरुष गरी जम्मा ५५ जना संक्रमित रहेको बताइएको छ । बझाङका स्वास्थ्य कार्यालयका कोरोना फोकल प्रसन नारायण जोशिले बताए अनुसार – खप्तड छान्ना गाँउपालिकाकी एक महिला र विथ्थडचिर गाँउपालिकाका एक पुरुष कोरोना निको भएर घर फर्किएका छन् ।

जिल्लाको सबै भन्दा बढी बुंगल नगरपालिकामा ५ जना महिला र २० जना पुरुष गरेर २५ जनामा कोरोना पुष्टि भएको जोशीले बताए । संक्रमितहरु सबै भारत बाट फर्कीएका बुंगल नगरपालिकाका मेयर धन बहादुर विष्टले जानकारी दिए । अहिले बुंगल नगरपालिकामा उच्च सतर्कता अपाईएको समेत मेयर विष्टले बताए ।

यस्तै सबै विथ्थडचिर गाँउपालिकामा १ महिला र १० पुरुष गरेर ११ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यता केदारस्युँ गाँपालिकामा ५ जना पुरुष, थलारा गाँउपालिकामा २ जना महिला र ३ जना पुरुष, छविसपाथीभेरा गाँउपालिकामा १ महिला एक पुरुष र खप्तड छान्ना गाँउपालिकामा ३ महिला ४ पुरुषमा कोरोना पुष्टि भएको बताइएको छ । जसमध्ये खप्तड छान्ना गाँउपालिकाकी एक महिला र विथ्थडचिर गाँउपालिकाका एक पुरुषले भने कोरोना जीतेर निको भएर घर गएका छन् ।

५५ जनामा कोरोनाको पुष्टी भएको बझाङमा २ जनालाई निको भएको र बाँकी ५३ जना स्वास्थ्यकर्मीको निगरानीमा स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टीईनमा रहेको अस्पतालका डाक्टर मिलन खड्काले बताएका हुन ।

एक जना कोरोना संक्रमित ब्यक्तीलाई भने अस्पतालमा भर्ना गरेर उपचाररथ रहेको उहाँको भनाई छ ।
अहिले सम्म जिल्ला भरी १ हजार ९१ पिसीआर चेक गर्नका लागी स्वाब संकलन गरेकोमा ५०५ जनाको रिपार्ट आएको छ भने बाँकी ५८६ जनाको रिपार्ट आउन बाँकी छ । यस्तै ५ हजार ९ सय २८ जनाको आरडीटि परिक्षण गरीएको छ ।

अहिले बुंगल नगरपालिकाको क्वारेन्टाईनमा ५०८,थलारा गाँउपालिकामा २३८, सुर्मा गाँउपालिकामा ११३, विथ्थडचिर गाँउपालिकामा १५१, छविसपाथिभेरा गाँउपालिकामा २३४, दुर्गाथली गाँउपालिकामा ९६, केदारस्युँ गाँउपालिकामा १०७, खप्तडछान्ना गाँउपालिकामा २५७, मष्टा गाँउपालिकामा ७९ , तल्कोट गाँउपालिकामा ९५ र जयपृथ्वी नगरपालिकामा ९६ जना गरेर जम्मा एक हजार नौ सय ७४ जना क्वारेन्टाईनमा बसी रहेका छन् ।