नेकपामा विवाद : खुम्चिदै ओली , फैलिदै प्रचण्ड !

पार्टी निर्णय अनुसार सरकार चल्नु पर्ने प्रचण्डको अडान

  
दैनिक अभियान शुक्रबार, असार १२, २०७७

तुलसीपुर । दुई तिहाई बहुमतमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद उत्कर्षमा पुगेको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्नुपर्ने र पास गर्न नहुनेमा दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड विभाजित भए पछि विवाद उत्कर्षमा पुगको हो ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओेली एमसीसीको पक्षमा र पार्टिका कार्यकारी अध्यक्ष ‘प्रचण्ड सहित वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगाएतका करिब दुई तिहाई स्थायी समिति सदस्यहरु एमसीसीको विपक्षमा उभिएको अवस्था छ ।

परिणाम स्वरुप नेकपाले एमसीसीका बारेमा निर्णय लिन सकेको छैन । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन गर्दा पार्टीसँग समन्वय गर्नुको साटो स्वइच्छाचारी ढंगले चलेको पार्टीभित्र चर्को आरोप खेपी रहेका छन् ।

एमसीसी पास गर्ने प्रधानमन्त्री ओलीको अडान बिरुद्व पहिले पार्टीमा व्यापक सहति एमसीसीबारे निर्णय गर्ने र सोहि निर्णय बमोजिक सरकारले निर्णय गर्नुपर्ने पार्टीको करिब दुईतिहाई मत देखिएपछि ओली नेतृत्वको सरकारमा थप तनाब थपिएको हो ।

प्रधानमन्त्रीको चालवाजी कदमका विरुद्ध नेकपाका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले मोर्चाबन्दी गरेपछि पार्टीभित्रको विवाद थप पेचिलो बन्दै जानुका साथै केपी शर्मा ओली खुम्चिदै गरेको र प्रचण्ड फैलिदै गरेको विश्लेषण हुन थालेको छ ।

बुधबार बसेको नेकपाको स्थायी समिति बैठकमा एक–अर्काबीच घोचपेचमा उत्रिएका प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच विवाद मत्थर बनाउन प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता चले पनि प्रचण्ड पार्टि निर्णय जे हुन्छ त्यहि अनुसार सरकार चल्नु पर्ने अडान बाट टसमस नगरेको बालुवाटार स्रोतले बताएको छ ।

भेटमा प्रधानमन्त्रीले मिलेर अगाडि बढ्न प्रस्ताव गरेको र जवाफमा प्रचण्डले मिलेर जाने भनेको पार्टीलाई सरकार मातहत राख्नु भनेको नभएकोले पहिले सरकार पार्टी मातहत रहने कुराको ज्ञारिन्टी गर्न अध्यक्ष ओलीलाई भनेको थिए ।

पार्टी एकतादेखि देखाएको लचकताको फाइदा प्रधानमन्त्रीले पार्टीलाई कमजोर बनाएको प्रचण्डको असन्तुष्टि रहेको प्रचण्डको सचिवालयले बताएको छ ।

प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डविच भेटवार्तामा स्थायी समिति बैठकपछि उत्पन्न परिस्थिति र भोलिबाट बैठकमा हुने छलफलका विषयमा कुराकानी भएको बताइएको छ । बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई पार्टीभित्रबाट असहयोग खुम्चिन बाध्य पारेको गुनासो गरेका थिए भने भने प्रचण्डले पार्टी निर्णय विपरित प्रधानमन्त्री ओली एकलौटी चल्दा पार्टी जनताको बीचमा बदनाम भएको भन्दै असन्तुष्टि जनाएको प्रचण्डको सचिवालयले बताएको छ ।

भेटको क्रममा स्थायी समिति बैठकमा प्रस्तुत गरिएका एजेन्डाका बारेमा बैठकले गर्ने निर्णय अनुसार सरकार चल्नु पर्ने पचण्डको अडानपछि प्रधानमन्त्री र उनि निकटको सचिवालय तनावमा रहेको छ ।