बर्षा (गद्य कविता )

  
दैनिक अभियान मङ्लबार, असार ९, २०७७

 हरि क्षेत्री 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

म बर्षाको प्रतीक्षामा छु,
बर्षा आउँछ र चारैतिर
हरियाली शितलता ल्याउछ,
बर्षा आउँछ र हावामा
प्रकृतिको सुगन्ध छाउछ।
बर्षा आउँछ र

खडेरी परेका मनहरु रमाउछन
र किसानले अन्नबाली लगाउछन।
बर्षामा सहस्र मुल फुट्छन
र सुसेल्दै बग्न थाल्छन्
झरना नदि र नालाहरु
र नाच्न थाल्छन् मनहरु
सम्झेर सुनौला धानका बालाहरु।

बर्षातको पानीमा मलाई
निथ्रुक्क भिज्न मन छ,
त्यसैले मेरो मनले सधैंभरी
बर्षा आइदेउ भन्न्छ।
बर्षायाममा देखिने
इन्द्रेणीको त्यो मोहिनी रुप
सम्झेर म दङ्ग पर्छु
र बिर्सन्छु गृष्मको त्यो
डढाउने पोल्ने धुप।।

बर्षा तिमी आइदेउ र
चारैतिर शितल हरियाली ल्याइदेउ।
म तिम्रै प्रतीक्षामा छु
तिमी छिटो आउ,
मेरो धैर्यको बाध नभत्काइदेउ।
म तम्तयार बसेको छु
स्वागत गर्न तिमिलाइ,
तिमी आउ सारा डाडापाखा
खेतबारी भिजाइ,
तिमी आउ ,
कालो बादलको झाक्रो फिजाइ।
तिमी आउ सङै सप्तरङी
इन्द्रेणी पनि लिएर आउ
र हामीलाई प्रकृतिको
अमिट सम्झना दिएर जाउ,
र म सधैं तिम्रो गित गाउन सकु
तिमी सङै प्रीत लाउन सकु।।

भाग – १