बबई गाउँपालिकाको नीति : दुग्ध चिस्यान केन्द्र निर्माण गर्ने

  
दैनिक अभियान मङ्लबार, असार ९, २०७७

हापुरे, ९ असार । बबई गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा दुग्ध चिस्यान केन्द्र निर्माण् गर्ने योजना बनाएको छ ।

पशुपालनलाई प्राथामिकतामा राखे पछि दुध उत्पादन हुदा चिस्यान केन्द्र अनिवार्य आवश्यक पर्ने भन्दै पालिकाले चिस्यान केन्द्र स्थापना गर्ने बताएको छ ।

पशुपालन व्यवसाय गरि दुध उत्पादन गरि जिविकोपार्जन गर्ने किसानहरुको दुध र दुग्धजन्य पदार्थलाई वजार सम्मको पहुँच वृद्धि गर्ने उदेश्यले सो नीति लिइने बताएको हो ।

पालिकाले पशुपालन– भैसीपालन, वाख्रापालन, वंगुरपालन, कुखुरापालन, मौरीपालन र फलफूल खेती कार्यलाई प्रोत्साहित गरिने कार्यक्रम संचालन गर्ने बताएको छ । साथै धान, मकै र गँहु उत्पादन वृद्धिका कार्यक्रम संचालन गरिने पनि उल्लेख गरेको छ ।