बबईको नीति : गाउँपालिकामा ग्रिन हाउस निर्माण

  
दैनिक अभियान मङ्लबार, असार ९, २०७७

हाुपुरे, ९ असार । बबई गाउँपालकाले ग्रिन हाउस निर्माण गर्ने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाले कृषि उपजहरुको उत्पादन,प्रशोधन र भण्डारणमा सहयोग पु¥याउन ग्रीन हाउस निर्माण गर्ने बताएको छ ।

साथै कृषि भण्डार गृह र साना सिँचाइ संरचनाहरू निर्माण निर्माण गर्ने पनि उल्लेख गरेको छ । पालिकाले ‘कृषिको आधुनिकीकरण, व्यावसायीकरण र यान्त्रीकरण गरी कृषिजन्य उद्योगमार्फत विकासको आधार तयार गर्न आधुनिक कृषि प्रणालीको अबलम्बन गर्ने’ बताएको हो ।

पालिकाले कृषिजन्य उद्योगलाई प्रोत्साहित गर्न कृषिको यान्त्रीकरणका लागि कृषि उपकरण खरिद गर्न निश्चित प्रतिशत नगद अनुदान उपलब्ध गराउने नीति समेत लिएको बताएको छ ।

नीति तथा कार्यक्रममा “एक वडा एक उत्पादन ” को नीतिलाई प्राथमिकता दिई आवश्यक व्यवस्था मिलाइने उल्लेख गरेको छ ।