पूर्वमन्त्री रविन्द्र अधिकारीको माफियाद्वारा हत्या भएको हो –जितेन्द्र देव

  
दैनिक अभियान शनिबार, असार ६, २०७७

तुलसीपुर, ६ असार । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य जितेन्द्र देवले रविन्द्र अधिकारीलाई माफियाले मारेको बताएका छन् । ब्रम्हलुट मच्चाउन नपाएर पूर्वमन्त्री अधिकारीलाई माफियाले दुर्घटनामा पारेर मारेको बताएका छन् ।

रबिन्द्र अधिकारी ताप्लेजुङ जाने कुनै योजना नभएको चुहान डाडाबाट फर्किने योजना भएको थियो । खास ताप्लेजुङ कसले लगेको हो पत्ता लगाउँनु पर्ने देवले बताएका छन् ।

मन्त्रालयको योजना बिना किन हेलिकप्टर त्यहाँ पुग्यो ? यति कुरा पत्ता लगाउने हो भने मन्त्री अधिकारीको हत्यारा पत्ता लाग्ने बताएका छन् ।

राष्ट्रिय सभालाई संवोधन गर्दै नेता देवले रविन्द्र अधिकारीलाई माफियाले त्यहाँ पु¥याएको र माफिया जालोको शिकार भएको बताएका छन् ।

राष्ट्रियसभा सदस्य जितेन्द्र देवले माफियाद्वारा हत्या गरिएको कुरा गुपचुप राख्न नहुने बताएका छन् । नागरिक उड्यान संस्कृति तथा पर्यटन मन्त्रालयमा ब्रम्हलुट तथा लखनऊ लुट हुने हुदा विभिन्न नाममा खोलिएका पुरस्कार र प्रतिष्ठानहरुको नामबाट भईरहेको बताएका छन् ।

हेर्नुस भिडियो