एमसीसी विरुद्व युवाहरुले हापुरेमा मौन प्रदर्शन गर्ने

  
दैनिक अभियान शुक्रबार, असार ५, २०७७

तुलसीपुर, ५ असार । एमसीसीका खारेजीको माग गर्दै भोलि हापुरेमा मौन विरोध प्रदर्शन हुने भएको छ ।
पश्चिम दाङका सचेत युवाहरुको आयोजनामा भोली शनिवार ६ गते दिउसो एक वजे मौन विरोध प्रदर्शन हुने बताईएको छ ।

सचेत युवाहरुले सामाजिक सञ्जालको माध्यमबाट आम राष्ट्रियताका पक्षधर युवा तथा विद्यार्थीहरलाई भोली एकवजे हापुरे वजारमा सहभागी भईदिन आह्वान गरेको छ ।

आयोजक संस्थाको नाम ‘एमसीसी विरोधी युवा सञ्जाल’ भनिएको छ । सञ्जालका संयोजक अशोक भण्डारीले सवै राष्ट्रप्रेमी पश्चिमदाङ (दंगिशरण गाँपालिका, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र तुलसीपुर उपमहानगरपालिका आदि) का युवाहरुलाई हापुरेको शान्तिवार्ता घर अगाडि आउँन अनुरोध गरेका छन् ।

कार्यक्रमको स्वरुप राष्ट्रि झण्डा सहित राष्ट्रघाति एमसीसी विरुद्वका प्लेकार्डहरु समाएर प्रदर्शन गर्ने बताईएका छनु ।