बदलामा चोट दियौ (गजल)

  
दैनिक अभियान शुक्रबार, असार ५, २०७७

सर्जक–कमला शाही, कोहलपुर, बाँके

प्राण भन्दा प्यारो ठाने, बदलामा चोट दियौ
पीडाहरु पन्छाईरहे , बदलामा खोट दियौ

आफ्नोलाई पराई ठान्यौ, पराईलाई आफ्नो
सम्बन्धमा जताततै काडेतार ठोक दियौ

जलाईदिए रहरहरु, तिमि खुसि हुन्छौ भनि
तिम्ले भने पराईलाई साथ,समय,अठोट दियौ

तिम्रै लागि सुम्पेकिथे, मेरो सर्वस्व
बेचेर ईज्जत् , ईमान , अरुलाई नोट दियौ

मन जलाई पर्खि बसे, तिमि आउने दिन गनि
घर जलाई गयौ आज, पराईलाई सपोट दियौ