२५ बेडको मेट्रो अस्पताल बनाईने

  
दैनिक अभियान शुक्रबार, असार ५, २०७७

तुलसीपुर, ५ – असार ।
दाङको तुलसीपुर उपमहानगरपालिकामा २५ बेडको मेट्रो अस्पताल बन्ने भएको छ ।

शुक्रबार तुलसीपुर उपमहानगरपालिकाले नीति तथा कार्यक्रम सार्बजनिक गर्दै भीमसेन नगर स्वास्थ्य पबद्र्धन केन्द्रलाई २५ बेडको तुलसीपुर मेट्रो अस्पतालको रुपमा विकास गर्ने नीति अघि सारेको हो ।