गिरफ्तार गरिएका भारतिय सैनिक चिनद्वारा रिहा

  
दैनिक अभियान शुक्रबार, असार ५, २०७७

तुलसीपुर । लद्दाकको विवादमा चिनद्वारा गिरफ्तार गरिएका भारतिय सैनिकलाई आज रिहा गरिएको छ । उनिहरुलाई भारत–चीन सीमाक्षेत्र गल्वान उपत्यकाबाट गिरफ्तार १० भारतिय सैनिकलाई चीनले रिहा गरेको हो ।

उनीहरु झडपको क्रममा नियन्त्रण लिइएका सैनिकहरु भएको बताइएको छ ।

सोमबार भएको झडपमा २० भारतीय सैनिकले ज्यान गुमाएका थिए भने भने १० जना भारतिय सैनिक चिनियाँ सैनिकको गिरफ्तारीमा परेका थिए । उक्त लडाईमा चिनको क्षति विवरण भने सार्वजनिक भएको छैन ।

भारतीय सेनाले आफ्ना सैनिकहरु बेपत्ता भएको सार्वजनिक नगरे पनि दुवै अधिकारीहरुबिचको लामो र पटकपटकको संवाद पश्चात विहिबार राति अबेर उनीहरुलाई रिहा गरिएको हो ।