तुसलसीपुर बजार शुक्रबारदेखि १२ बजेपछि बन्द हुने

  
दैनिक अभियान बिहिबार, असार ४, २०७७

तुलसीपुर ४ असार ।

दाङको तुसलसीपुर बजार शुक्रबारदेखि दिउसो १२ बजेपछि बन्द हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाको विहीबार बसेको बैठकले यस्तो निर्णय गरेको विपद व्यबस्थापन समितिका संयोजक नवराज लामिछानेले जानकारी दिए ।

त्यसैगरी बैठकले उपमहानगरपालिका भित्र कोरोना संक्रमणका कारण मृत्यु भएका त्यसको व्यवस्थापनको लागि तीन वटा ठाउँलाई संभावित क्षेत्रको रुपमा अगाडी बढाएको उनले बताए । गैराखाली सामुदायिक बन, बबईको घाट नजिकै र तुलसीपुर १२ मा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुलाई व्यबस्थापन गर्ने भनि सम्भाबित ठाउँलाई तोकिएको छ ।