पहिरो जाँदा कान्तिराजपथ अवरुद्ध

  
दैनिक अभियान बिहिबार, असार ४, २०७७


हेटौडा, ४ असार ।

मकवानपुरको भीमफेदी गाउँपालिका देउराली पहिरो जाँदा यातायात सन्चानमा समस्या परेको छ । भीमफेदी–कुलेखानी हुँदै काठ्माडौं जोड्ने सडकअन्तर्गत पर्ने भीमफेदी गाउँपालिका वडा नं.६ देउराली र चिसापानीगडीमा आज पहिरो जाँदा हेटौँडा काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको भीमफेदी इलाका प्रहरी कार्यालयले जनाएको छ ।

तेहाँ गएको पहिरो हटाई भीमफेदी काठमाडौँतर्फको यातायात सञ्चालनमा ल्याउन डोरसहित प्राविधिक पठाइसकेको बताईको छ ।

त्यसैगरी बुधबार साँझ आएको अविरल वर्षाले गर्दा हेटौँडादेखि ललितपुरको सात दोबाटो जोड्ने कान्तिराजपथको विभिन्न सात स्थानमा पहिरो जाँदा हेटौँडा–ललितपुरको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको जनाएको छ ।

लकडाउन खुकुलो भयसगैं सडक अवरुद्ध हुदाँ आ– आफ्नो जागिरमा फर्किनेहरु प्रभावित भयका छन ।