किसानलाई धान काट्ने मेसीन वितरण

  
दैनिक अभियान मङ्लबार, असार २, २०७७

दिप्तीशिखा चौधरी,

दंगीशरण,२ असार । 

दंगीशरण गाउँपालिका वडा न.३ का किसानहरुलाई आज मंगलबार धान काट्ने मेसीन र ट्रालीको साथ पावर ट्रेलर वितरण गरिएको छ । किसानहरुलाई १२ वटा ट्रालीको साथ पावर ट्रेलर मेसीन र ४ वटा धान काट्ने मेसीन वितरण गरिएको हो । कृषि शाखाकि योगमाया कवँरले किसानहरुलाई मेसीन हस्तान्तरण गर्नुभएको हो ।

दंगीशरण गाउँपालिका वडा न. ३ मा रावत गाउँमा रहेको गुरबाबा बहुउद्धेश्यीय कृषि सहकारी संस्था र कृषि ज्ञान केन्द्र दाङको साझेदारीमा संचालीत प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना ब्लक बिकाश कार्यक्रम तथा धान बाली कार्यक्रम अन्र्तगत कृषकहरुलाई मेसीन वितरण गरिएको सहकारीका अध्यक्ष सुकदेव चौधरीले जानकारी दिए ।

कृषि क्षेत्रलाई आधुनिकीकरण तर्फ लाग्नुका साथै किसानहरुको आवश्यक्तालाई मध्यनजर गर्दै संस्थाले मेसीन वितरण गरेको जनाएको छ ।