प्रकृति  ( गद्य कविता )

  
दैनिक अभियान सोमवार, असार १, २०७७

तुलसीपुर, १ असार ।

हरि क्षेत्री 

मेरो प्यारो प्रकृति ,
तिमिलाइ शुभकामना ।
जब यन्त्र सुस्तायो,
तिमी मुस्कुरायौ।
तिम्रो मुस्कुराहट देखेर,
हामी भाव बिभोर भएका छौं ।
जब धुवाँको मुश्लो फाल्ने
दैत्य कार्खाना सुस्तायो,
र त्यसका रक्तबिज सन्तानहरु
उडाउदै धुलो र धुवाँ
कुद्न ( गुड्न छोडे सडगमा,
तिमी मुस्कुरायौ।
अनि हामीले पहिलो पल्ट
तराई बाट हिमाल हासेको,
पहाड खुलेको र
ढकमक्क फुल फुलेको हेर्न पायौं ।
आज आकाश खुलेको छ र
झलमल्ल जून लाएको छ।
यो कोरोना कहरले यसरी
प्रकृतिलाई एउटा गुन लाएको छ ।
दुर्लभ बन्यजन्तु र
पन्क्षिहरु देखिन थालेका छन् ,
प्रकृतिमा मस्ती छाएको छ
र आज प्रकृतिले ठूलो राहत पाएको छ।
विश्व पर्यावरण तङ्रीदै छ,
नदि नाला समुद्र सङ्लिदै छ।
वातावरण स्वच्छ छ 
मानौं प्रकृतिले पुनर्जीवन पाए जस्तो ,
कोरोना कहरले यसरी प्रकृतिलाइ
एउटा सुन्दर उपहार ल्याए जस्तो।
कोरोना बाट बचौ हामी
बचाउ आफ्नो जिउ
प्रकृतिलाई यसरी नै
स्वच्छन्द सास फेर्न दिउँ।।