सिस्ने गाउँपालिकाद्वारा नर्सरि अनुगमन

  
दैनिक अभियान शनिबार, जेष्ठ ३१, २०७७

तुलसीपुर, ३१ जेठ ।
सिस्ने गाउँपालिकाले वर्षे विरुवा माग भए वमोजिमका कृषकलाई वितरण प्रायोजनको लागि नर्सरि अनुगमन गरेको छ । आज रुकुम पुर्वको सिस्ने गाउँपालिका ८ मा रहेको थापा नर्सरि फर्म, फ्वाजु भदै नर्सरि फर्म र सिस्ने ८ कै डन्ड वहादुर वोहोराको नर्सरि फर्म अनुगमन गर्रिको छ ।

त्यस्तै मुसिकोट नगरपालिका १ मा रहेको नरेन्द्र रोकायको नर्सरि फर्मको पनि अनुगमन गरिएको छ । अनुगमनमा सुन्तला, कागति, तथा टिम्मुरको विरुवाको अनुगमन गरिएको हो । अनुगमन गरेको उक्त नर्सरिका विरुवा आउदो असारको महिनामा सिस्ने गाउँपालिका ७ र ८ का कृषकलाई सुन्तला र कागतिको विरुवा वितरण गरिने छ त्यस्तै सिस्ने गाउँपालिका ३ र ४,७ र ८ का कृषकहरुलाई टिम्मुरको विरुवा वितरण गरिने छ ।

सिस्ने गाउपालिका तथा प्रदेश नम्वर ५ सरकारको समपुरक अनुदान अन्तरगत आर्थिक वर्ष २0७६/0७७ को स्वीकृत कार्षिक कार्यक्रम अनुसार व्यावसायीक कृषकहरुलाई फलफुलका विरुवा अुनदान उपलब्ध गराउने कार्यक्रम अनुसार नै उक्त फलफुलका विरुवा वितरण गर्न लागिएको हो ।

फलफुलका विरुवा लिनु पुर्व कृषकलाई कम्तीमा एक मिटरको गहिराई तथा १÷१ मिटरको लम्वाई र चौडाई भएको खाडल खन्ने मापदन्ड राखिएको छ । सिस्ने गाउपालिका वडा नं. ८ का वडाध्यक्ष खर्कसिङ थापा सिस्ने गाउँपलिकाका ना प्रा स दिनेस ओलि तथा पत्रकारको टोलिले उक्त नर्सरिहरुको अनुगमन गरेको हो ।