‘कोरोनालाई साम्राज्यवादी संकट समाधानको उपाएको रुपमा फैलाइएको हो’

  
दैनिक अभियान शनिबार, जेष्ठ ३१, २०७७

 

‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो आप्रवासी विरोधी नीति र अमेरिका फर्स्टको नाराबाट अगाडि आएका हुन् । संसारमा यही समयमा धेरैजसो देशहरुमा यस्तै अनुदारवादी शासक सत्तामा आएका छन् । ट्रम्पले धेरैपटक आप्रवासी र शरणार्थीहरु सम्बन्धी कानुन संशोधन गर्ने कोशिश गरेपनी त्यहाँको लोकतान्त्रिक संरचनाको बलियोपनाका कारण सम्भव भएको छैन । त्यस परिस्थितिमा कोरोनालाई समाधानको उपाएको रुपमा फैलाइएको हो ।’

सर्जन गौतम

दोस्रो विश्वयुद्धले महाविनाशकारी परिणाम ल्यायो । काम गर्ने उमेरका मानिसहरुको मृत्यु भयो । उद्योगधन्दा , कलकारखाना ध्वस्त भए । एउटै देश आत्मनिर्भर बन्ने र सबैलाई रोजगारी दिन सक्ने स्थिती रहेन । २१ मिलियन मान्छे त युरोपमा मात्र शरणार्थी भएका थिए ।

एकातिर शरणार्थी समस्या, अर्कोतिर उद्योग संचालन गर्नुपर्ने बाध्यता पुरै युरोपभरी शरणार्थी र आप्रवासी सम्बन्धी कानुनहरु लचिलो बनाइयो । आज तेस्रो विश्वका करोडौं मानिस युरोप र अमेरिकामा काम गर्छन् र विप्रेषणको रुपमा अरबौं डलर आ- आफ्ना देशमा पठाउँछन् । जो अमेरिका र युरोपजस्ता देशहरुको लागि पटक्कै लाभप्रद रहेको छैन । पुँजीपति र कर्पोरेटको प्रवृत्ति बढी भन्दा बढी नाफा कमाउने नै हो , चाहे त्यो मानवीयता र वातावरणको विनाशकै मुल्यमा किन नहोस् । पछिल्लो समयमा रोबोट र इन्टरनेट प्रविधीमा आधारित कृत्रिम बौद्धिकताको कारण एकदमै कम म्यानपावरको प्रयोग गरेर बढी भन्दा बढी नाफा कमाउन सक्ने अवस्था सिर्जना पैदा भएको छ ।

यसको लागि तेस्रो विश्वबाट काम गर्न गएका आप्रवासी कामदार हटाउन आवश्यक छ । सबैलाई थाहा छ , अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो आप्रवासी विरोधी नीति र अमेरिका फर्स्टको नाराबाट अगाडि आएका हुन् । संसारमा यही समयमा धेरैजसो देशहरुमा यस्तै अनुदारवादी शासक सत्तामा आएका छन् । ट्रम्पले धेरैपटक आप्रवासी र शरणार्थीहरु सम्बन्धी कानुन संशोधन गर्ने कोशिश गरेपनी त्यहाँको लोकतान्त्रिक संरचनाको बलियोपनाका कारण सम्भव भएको छैन । त्यस परिस्थितिमा कोरोनालाई समाधानको उपाएको रुपमा फैलाइएको हो । यो पुरानो सार्स आदि फ्लुका भाइरसहरुको म्युटेसन गराएर फैलाएको पनि हुन सक्छ । सतहमा विवाद देखिए पनि यसमा युरोप, अमेरिका र चाइनाजस्ता साम्राज्यवादी राष्ट्रहरुको बीचमा समझदारी भएको हुन सक्छ । अनि त्यही देशमा कोरोना बढी फैलाइएको छ , जहाँ आप्रवासनको बढी समस्या छ । अमेरिकामा जनस्वास्थ्यको अवस्था सुधार गर्न चासो नदेखाउनुको कारण पनि त्यही हो ।

“एलोपेथिक डाक्टरको समेत पढाइ गरेका खप्तड स्वामीले आफ्नो पुस्तक विचार विज्ञानमा लेख्छन् – ‘कुनै पनि रोग शरीरमा आफै आउँदैन जब हामी बोलाउँछौ तब आउँछ । यदी हामी रोगको बारेमा मात्र विचार गर्छौं , रोग लाग्ने बढी सम्भावना रहन्छ ।’ अहिले मानिसलाई घरभित्र कोरोनाको निहुँमा थुनेर कोरोनाको बारेमा मात्रै सोंच्ने र भयग्रस्त बनाइयो । यो आधुनिक मनोविज्ञानले समेत सिद्ध गरेको कुरा हो ।”

विश्व स्वास्थ्य संगठन कसरी यसको मतियार बनेको छ त ? यसलाई हेरौं । कोरोनाको रोकथामको मोडलको रुपमा विश्व स्वास्थ्य संगठनले लकडाउनलाई अगाडि सार्यो । जसले एकैचोटी मजदुरहरुले रोजगारी गुमाए र उनीहरु आ- आफ्नो देश फर्किए । यसले आप्रवासीहरुलाई श्रमबजारबाट विस्थापित गर्ने उद्देश्य पूरा भयो । अर्कोतिर संक्रमण चारैतिर फैलियो ।नत्र यो भन्दा कयौं गुणा बढी प्राणघातक रोगमा समेत लकडाउन गरिएको थिएन । कोरोनाबाहेक अरु कुनै रोगमा लक्षण नदेखिएका मानिसलाई परीक्षण गरेर तँ रोगी होस् भनेको तपाइँ हामीलाई थाहा छ ? यदि स्वस्थ मानिसलाई पनि तँ विरामी होस् , केही समयमा मर्छस् भन्ने हो भने उ विरामी हुने र मर्ने बढी सम्भावना रहन्छ । हाम्रै शरीरको परीक्षण गर्ने हो भने त्यहाँ क्षयरोग वा अन्य रोगका कीटाणु पनि हुन सक्छन् ।

एलोपेथिक डाक्टरको समेत पढाइ गरेका खप्तड स्वामीले आफ्नो पुस्तक विचार विज्ञानमा लेख्छन् – कुनै पनि रोग शरीरमा आफै आउँदैन जब हामी बोलाउँछौ तब आउँछ । यदी हामी रोगको बारेमा मात्र विचार गर्छौं , रोग लाग्ने बढी सम्भावना रहन्छ । अहिले मानिसलाई घरभित्र कोरोनाको निहुँमा थुनेर कोरोनाको बारेमा मात्रै सोंच्ने र भयग्रस्त बनाइयो । यो आधुनिक मनोविज्ञानले समेत सिद्ध गरेको कुरा हो । वैदेशिक रोजगारबाट उल्लेख्य रकम आर्जन गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो षड्यन्त्र बुझेका छन् जस्तो लाग्छ तर उनी पश्चिमाहरुको नीतिको खुलेर विरोध गर्न सक्तैनन् । तसर्थ उनले लकडाउन चाँडै खोले र आर्थिक क्षेत्रको असर कम गर्न आत्मनिर्भर भारत र लोकल उत्पादनलाई भोकल गराउँदै प्रयोग गर्नु पर्ने नारा अगाडि सारेका छन् । हामीले पनि लकडाउन तोड्दै सामान्य जीवनतर्फ फर्कने र रेमिटेन्सको विकल्पको रुपमा कृषिको विकासलाई अगाडि सार्नु पर्ने हो । तर हाम्रो सरकारले आँट देखाइरहेको छैन ।