सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भारतीय नागरिकको मृत्यु

  
दैनिक अभियान शुक्रबार, जेष्ठ ३०, २०७७

वीरगञ्ज, ३० जेठ ।

सशस्त्र प्रहरीको हतियार खोस्न खोजेपछी भएको झडपमा सर्लाहीको सीमाक्षेत्रमा एक भारतीयको नागरिकको मृत्यु भएको छ । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीको सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको थियो।

आफ्नो हतियार खोज्न आएपछि गोली चलाउदा एक जना भारतीय नागरिकको मृत्यु भएको हो। मृत्यु हुनेको परिचय खुलिसकेको छैन । पर्सा गाउँपालिका– ३, नारायणपुरमा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो । त्यसक्रममा भएको झडपका क्रममा भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर बन्दुक पनि खोसेका थिए ।