कोरोनाले छोई सक्यो ( कविता )

  
दैनिक अभियान सोमवार, जेष्ठ २६, २०७७

 

                     कवि नारायण ओली

भूमे ८ रुकुम पूर्व

कोरोना लाग्छ भनि दिन दिनै रुदै छ मान्छे किन।।
छोयो जगत सबका घर चल्यो बतास भनिकन।।
राख्नु आफ्नै तनमा चल्दैछ विकिविकि हर दिन।।
आँखा छोपेर गुप्त बाँस बस्नुस छिर्यो हाम्रै आगन।।

छोई सक्यो सारा जगत अछुतो कतै नराखिकन।।
ठूलो शक्तिको सस्त्रअस्त्र महिमा छेप्यास्त्रको भेदन।।
मिसायल हो कि कतै जीवको सकिँने छैन उम्कन।।
काचै छ कि पाकि सक्यो जगतमा गर्छ हाम्रै दोहन।।

सकिँदैन कि कतै यो भिडमा बिरामी परे सोत्रान।।
थाकिसके जगतमा आज तिनै रोई मर्ने बिज्ञान।।
हासेको गल्ती दुर दशा लागेछ मरोस भनी ज्ञान।।
जेट बनेका त खेतमा हेरि हेरि चन्द्रमा उक्लिन।।

बैद्वे डाक्टर नर्स राष्ट्र सेवा कर्मचारी मिलिकन।।
दाउमा राखेर सेवा गरिरहेछन आफ्नै जीवन।।
बिषाणुको साक्षतकार गर्दै दिउसो राति बिहान।।
खाई कहिले नखाई खटिरहेका स्वाभिमानी जन।।

टन्टलापुर घाम पानी असिना केही नभनिकन।।
सेना प्रहरी खटिएका पथमा दिन दिनै पल्टन।।
भोक र प्यासमा लरिगुरि गर्दै गुज्रए दुरदिन।।
तड्पिएका विरामीहरुलाई उपचारमा संटिन।।