लागुऔषध कारोबारी भागाभागको स्थितिमा, शाही र रावत गए प्रहरी खोरमा

  
दैनिक अभियान आइतवार, जेष्ठ २५, २०७७

तुलसीपुर, २५ जेठ ।
तुलसीपुरमा ब्राउनसुगर कारोवारी र प्रहरीका विचमा एक अर्का विरुद्व तिव्र संघर्ष भई रहेको छ । कहिले तस्करीले प्रहरीलाई छक्काएर गाउँसमाजमा लागुऔषत दुव्र्यसनी बढाई रहेको छ भने कहिले प्रहरीले तस्करहरुलाई पक्राउ गरेर उनिहरुको योजनालाई नकाम बनाई दिएको छ ।

समाजलाई बर्बाद बनाउने र बचाउनेहरुका विचमा पौठेजोरी चलिरहेको छ । हिजो वेलुका मात्र प्रहरीले ठुलो सफलता हात पारेको छ भने तरकरहरु यो लडाईमा प्रतिरक्षमा पुगेको छन् । तुलसीपुर इलाका प्रहरी कार्यालयले एक महिना भित्र लागुऔषध कारोवारलाई पूर्णरुपले निस्तेज पार्ने घोषणा गरे संगै हिजो वेलुका दोस्रो पटक लागुऔषध कारोवारीहरुलाई रंगेहात पक्राउ गर्न सफल भएको छ ।

ईलका प्रहरी कार्यालय तुलसीपुरले शनिबार १४ ग्राम ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेपछि यसको पुष्टि भएको हो ।

पक्राउ पर्नेमा वाँके कोहलपुर नगरपालीका वडा नं।७ बस्ने बर्ष २८ को श्री बहादुर रावत र बैजनाथ गाउपालीका वडा नं। १ चिसापानी बस्ने बर्ष २४ को सुजन शाही रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

रावतले चलाएको भे २ प २७४ नं।को मोटरसाईकल र शाहीको वन्डरवयरबाट समेत गरि १४ ग्राम १० मिलिग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

उनिहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक चक्र डम्बरपालको नेतृत्वमा गएको प्रहरी टोलीले अमिलिया क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

घनटनाा सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । २२ गते राति राती पक्राउ परेका एम्बुलेनस काण्डको संजालसंग कनेक्सन रहेको बुझिएको छ ।