हार्दिक श्रद्वाञ्जली छोरी मलाई माफ गर

  
दैनिक अभियान शनिबार, जेष्ठ २४, २०७७

-लक्ष्मी गुरुङ
मेरो राकियको स्तन हरुलाई ! जबर्जस्त दुई हत्केलाले थाम्दै  । ती महाभारतको प्रतेक वृक्षहरुको थाप्लै पिच्छे,, मेरो हृदयको कुना कुना बाट सुसाउदै झरेको सेताम्मे अमृतको धाराहरुले रङ्गाको छिर्केमिर्के ती बोट बिरुवा हरु पनी यतिखेर बैशालु भयो होला ।

हर बसन्त संगै सुसेल्दै खुलेर ढकमक्क फुल्दै होला । तर मैले जिन्दगीभर किस्ता किस्तामा खुशीहरु लगानी गरेर हुर्कायको सपना अझै फुल्न सकेको छैन छोरी ! तल्लो डिल बाट माथिल्लो गरा पुग्न  । उक्लनु खोज्दै गर्दा,, तिमिले नङ्यायको ती कलिला आउलाको डाेबहरु । बर्सेनि को बर्षा झरीले मेटिसक्यो होला । तर! तिम्रो सम्झनाको भंगालोले भित्र भित्रै धोतृयको मेरो मुटु अहिलेसम्म कुनै अर्को भंगालोले पुर्न सकेको छैन ।

मातृस्पर्सको अभावमा अतालिदै,,चाहार्दा ती जङ्गल हरु,,बाटो छेक्दै ती ऐसेलु र घङारुको काडाहरुले लुछेर राखेको तिम्रो जामाको एक छेउको अस्तित्व पनि यहिले सम्म त मेटिदियो होला । सायद ! सबैले सबैको अस्तित्वको रक्षा गर्ने भैदिए यतिखेर मैले म खोज्दै भौतारिनु पर्ने थिएन । जता ततै हामिनै हामी हुने थियौं । सुनसान ती बिच सडकमा छताछुल्ल पोखिएको मिम्रो त्यो रगत । एक पछि अर्को बर्षे भेल हरुले बर्सेनि तिमिलाइ बगाउँदै बगाउँदै म देखि धेरै टाढा टाढा पुर्याइ सक्यो होला । त्यसैगरी टाढा टाढा हुँदै बगिरहेको छ हाम्रो वर्गीय माया पनि ।

( छोरी कन्चन )

सहादत मिति २०५९ जेष्ठ २४ गते सर्लाही हरीवनमा सहादत प्राप्त ।