नारायणपुरमा आन्तरिक विमान स्थल निर्माण गरिने

  
दैनिक अभियान बिहिबार, जेष्ठ १५, २०७७

तुलसीपुर, १५ जेठ ।
दाङको नारायणपुरमा आन्तरिक विमान स्थल निर्माणकालागि बजेट बिनियोजन गरिएको छ । विहीबार आर्थिक बर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नारायणपुरमा आन्तरिक विमानस्थल निर्माणकालागि आबश्यक बजेट बिनियोजन गरेको जानकारी दिए । यस अघि नारायणपुरमा अन्तराष्ट्रिय विमान स्थल निर्माण गर्ने भनि प्रचार गरिएको थियो ।