अनुमतिविना हप्तामा चार दिन बजार खुल्ने निर्णय

  
दैनिक अभियान बुधबार, जेष्ठ १४, २०७७

तुलसीपुर , १४ – जेठ । दाङको  तुलसीपुर उद्योग बाणिज्य संघले सामाजिक दुरि कायम गरी सोमबार ,मंलवार, बुधवार र शुक्रवार किराना तथा खाद्यान्न पसलहरु खुल्ने निणय गरेको छ ।

अध्यक्ष बिर बहादुर रावतका अनुसार अतिआवश्यक बाहेकका पसलहरु आईतबार र बिहीबार बिहान ६ देखि ९ बजे सम्म खोल्ने निर्णय भएको छ । आईतबार र बिहिवार खाद्यान्न र किराना पसलहरु भने बन्द रहने निर्णय गरेको छ ।

तुलसीपुर उद्योग बाणिज्य संघका पदाधिकारीहरुले प्रशासनलाई पसल खोल्ने बिषयमा सोधेको तर जिल्ला प्रशासन कार्यालय दाङले अझैसम्म जिल्लामा अन्य पसल खोल्ने बिषयमा कुनै पनि निर्णय नभएको बताएको छ । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले अबको एक.दुई दिनमा जिल्लाका पसलहरु खोल्ने भन्ने बिषयमा निर्णय हुने बताए ।

उनले व्यवस्थित तरिकाले सामाजिक दुरी कायम गरी तोकेको समय तथा बारमा पसल खोल्दा खासै परक नपर्ने रिजालको भनाई छ । तुलसीपुर उद्योग बाणिज्य संघका सचिब बिनिल केसीले लकडाउनका कारण सामानहरु ड्यामेज हुने अवस्था आएका कारण प्रत्येक दिन तुलसीपुर क्षेत्रमा पसल सञ्चालन गर्ने निर्णय गरेको जाकनकारी दिए । यस अघि तुलसीपुर उपमहानगरपालिकाले बुधबार र शनिबार विहान हार्डवयरका पसलहरु खोल्ने निर्णय गरिसकेको छ ।