गैर आवासिय नेपालीसंघद्वारा दोस्रो चरणको राहत वितरण

  
दैनिक अभियान मङ्लबार, जेष्ठ ६, २०७७

रमिता थापा/साइप्रस ।
गैर आवासिय नेपालीसंघद्वारा दोस्रो चरणको राहत वितरण भएको छ ।

झन्डै १२/१३ हजार को हाराहारीमा नेपालीहरु कार्यरत रहेको युरोपेली मुलुक साइप्रसमा कोरोना भाइरसको कहरबाट उत्पन्न संवेदनशील परिस्थितिलाई मध्य नजर गरी १२ वटा संघसंस्थाको साझेदारी र सहकार्यमा, अवैतनिक वाणिज्य दुत निकोसिया को रोहवरमा गैरआवासीय नेपाली संघ साइप्रसको संयोजकत्वमा पहिलो र दोस्रो गरि दुई चरणमा राहत वितरण गरिएको छ।

पहिलो चरणको राहत ६ अप्रिल २०२० तदनुसार २४ चैत २०७६ देखि सुरुवात गरि, निकोसिया, लार्नाका आइनापा पारालिमि र लिमाशोल लगायतका क्षेत्रमाहरु मा करिब ६/७ लाख को लागतमा बाडिएको थियो।

जसमा लाभान्वित अधिकतम विद्यार्थीहरु थिए भने केही मात्रामा अवैधानिक रुपमा बस्दै आएका र रोगको आक्रान्त बाट रोजगारी गुमाउन पुगेर समस्या मा परेका नेपालीहरु गरि जम्मा ४४७ जनालाई दाल चामल लगायत विभिन्न खाद्यान्न वितरण गरिएको थियो।

पहिलो चरणको राहत वितरणले सहायता प्रयाप्त नहुने देखिए पछि दोस्रो चरण को राहत १४ मे देखि फेरि सुरु भएको र हालसम्म ३६० जनालाई खाद्यान्न प्रदान गरिएको छ । राहत माग गर्नेको संख्या अध्याधिक छ । एनआरएनको एनआरएन साइप्रसको इन्बक्स मा सहायता मागको सुचना संघका पुर्व अध्यक्ष तथा वर्तमान प्रमुख संरक्षक श्री सुवास मल्लले टेलीफोन मार्फत बताउनु भएको छ ।

कोभिड–१९को महामारीको कारणले प्रवासमा समस्यामा परिरहेका नेपालीहरुका लागि साइप्रसवासी प्रवासी नेपालीहरुले ‘नेपाली का लागि नेपाली’ भन्ने उदेश्यका साथ जिम्मेवारी बहन गरिरहेको छ।

साइप्रसमा स्थापित , जातीय , भेगीय धार्मिक र राजनीतिक गरि २० भन्दा बढि संघसंस्थाहरु भएता पनि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद संग समन्वय र सहकार्य गर्ने दातृ संघ र संगठनहरु तपशिल बामोजिम रहेका छन्  :

  1. नेपाल मगर संघ साइप्रस,
  2. प्रवासी नेपाली एकता मञ्च साइप्रस,
  3. तमु समाज साइप्रस,
  4. चितवन सेवा समाज साइप्रस,
  5. संघीय लिम्बुवान सामाजिक मञ्च साइप्रस,
  6. नेपाल तामाङ घेदुङ साइप्रस,
  7. ह्योल्मो एकता समाज साइप्रस,
  8. किराँत राई यायोक्खा साइप्रस,
  9. किरात याक्थुङ चुम्लुङ साइप्रस,
  10.  राष्ट्रिय जनमुक्ति मञ्च साइप्रस,
  11. तामाङ बौद्ध महासंघ साइप्रस,
  12. शेर्पा किदुक साइप्रस र
  13. गैरआवासीय राष्ट्रिय समन्वय परिषद गरि जम्मा १३ संघसंस्था को अग्रसरतामा राहत वितरण गरिएको हो ।